सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट : ११ जना घाइते

काठमाडौं। काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् ।

स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »