सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक महिनामा ६ लाख २४ हजारमात्रै उपत्यका बाहिरिए

काठमाडौं /०३ कात्तिक।
नेपालीहरुको महान चाड विजया दशमीको आज तेस्रो दिन हो। दशैं मनाउन देश, विदेशबाट घर फर्किनेको यो लर्को लाग्ने सिजन हो।

तर कोरोना महामारीका कारण पोहोर सालको जस्तो दशैं यो वर्ष नहुने देखिएको छ। विदेशमा भएका मानिस कोरोनाका कारण उतै अड्किएका छन् भने शहरमा मानिस पनि गाउँ जान पाएका छैनन्।

अझ सरकारले जो जहाँ छ त्यही दशैं मनाउन आग्रह गरेपछि शहरबाट गाउँ फर्किनको संख्या निकै कम छ।

असोज एक गतेदेखि कात्तिक तीनगते सम्म ६ लाख २३ हजार ९४४ जनाले मात्रै उपत्यका छोडेका छन्। एक महिनाको अवधिमा ६ लाख २३ हजारले मात्रै काठमाडौं छोड्नुले कोरोना कहरले दशैं प्रभावित भएको अनुमान लगाउन थालिएको छ।

महानगरीय ट्राफिक महाशाखाकाका अनुसार एक महिनाको अवधिमा १ लाख ४३ हजार ७४१ सवारी साधनमार्फत ६ लाख ४४ हजार ६४६ यात्रु बाहिरिएका हुन्।

यही अवधिमा काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या उल्लेख्य रहेको छ। यो एक महिनाको अवधिमा पाँच लाख ७० हजार ८१३ यात्रु काठमाडौं भित्रिएका महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »