सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोहलपुरमा नेकपाको सम्पर्क कार्यालय स्थापना

कोहलपुर,बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

नेकपा कोहलपुर वडा नं. १ सम्पर्क कार्यालयको आज उद्घघाटन भएको छ । नेकपा लुम्बिनी प्रदेश सदस्य एवं बाँकेका अध्यक्ष आइपि खरेलले एक समारोहका बिच पार्टी कार्यालयको उदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै खरेलले सम्पर्क कार्यालय स्थापना भएसँगै जनताका दैनिक काममा सहयोग पुग्नुकासाथै पार्टी र जनता बिचको सम्बन्ध स्थापना हुने बताए ।

सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रममा नेकपा लुम्बिनी कमिटी सदस्य एवम् बाँके सचिव अशोक कोइराला, लुम्बिनी कमिटी सदस्य प्रेम भुषाल, नरेन्द्र न्यौपाने, जिल्ला सदस्य मन्जु कोइराला कोहलपुर नगर सचिब तुलराज बिष्ट लगायत नेकपा नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले भुमी आयोग मार्फत सुकुम्बासी समस्या तत्काल समाधान गर्ने र भुमी बिहिनलाई जमिन उपलब्ध गराउने बताए । कार्यक्रमको सभापत्तित्व नेकपा वडा अध्यक्ष अमर बहादुर चन्दको अध्यक्षतामा भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »