सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर देखि नियमित काममा


नेपालगञ्ज, कोरोना संक्रमण भएपछि आईसोलेशनमा रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगर मंगलबारदेखि नियमित काममा फर्किनुभएको छ ।

वडा सदस्य शान्तिदेवी परियारको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा उपप्रमुख थापा सहभागी हुनुभयो ।

थापा कोरोना संक्रमण भएपछि करिब एक महिनापछि काममा फर्किनुभएको हो । स्वास्थ्यमा समस्या भएपछि घरमै आराम गरिरहनुभएकी थापालाई असोज २७ गते कोरोना पोजिटिभ भएको थियो ।

उहाँले पछिल्लो पटक आफुले पिसिआर परीक्षण गर्दा नेगेटिभ भएपछि नियमित काममा फर्किएको जानकारी दिदै आवश्यक पर्नासाथ प्लाज्म दिन तयार रहेको बताउनुभयो । उपप्रमुख थापा बाँकेमा कोरोना रोकथाम र नियन्त्रणका लागि सुरुवातदेखि नै अग्रभागमा खटिदै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »