सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्राकृतिक चिकित्सा पद्धतीबाट कोभिड १९ को उपचार

डिलकुमारी नेपाल,

चितवन । प्राकृतिक चिकित्सा पद्धतीबाट कोभिड १९ संक्रमितको उपचार कडारुपमा प्रभावकारी बन्दै गएको छ । चितवनकाे भरतपुर महानगरपालिका कोभिड १९ आइसोलेसन केन्द्र बागेश्वरीबाट कोरोना संक्रमणमुक्त हुनेको संख्या उल्लेख्य वृद्धि भए पछि नै प्राकृतिक चिकित्सा पद्धतीको विश्वसनीयता देखिएको पाईन्छ । बागेश्वरीबाट बुधबार मात्रै ८ जना निको भई घर फर्किए भने यस केन्द्रमा हालसम्म ३ सय १० जना भर्ना भएर उपचार लिईरहेका छन् ।अहिलेसम्म २ सय ५० जना निको भएर घर फर्किएका गएका छन्।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय भरतपुर १, बागेश्वरीमा भरतपुर महानगर प्रमुख रेनु दाहालको पहल र महानगरको सहयोगमा आईसोलेसन केन्द्र सञ्चालन गरिएको हो ।

चिकित्सालयबाट अहिले सम्म कुनै बिरामी पनि रिफर गरेर बाहिर पठाउन परेको अवस्था छैन।चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार संक्रमितहरुलाई आवधिक उपवास अर्थात् ८ घन्टा खाना खाने र १६ घन्टा भोकै राखेर उपचार गरिँदै आएको भनाई छ। भाइरस प्रतिकारी जडिबुटी र उच्च फाइबरयुक्त भोजनका साथै योग, ध्यान, सत्संग यहाको नियमित कार्य बनेकाे छ।

निको भएर घर फकिर्नेहरुलाई भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले गुर्जोको बिरुवा र निरोगिताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएकाे छ।यस केन्द्रमा काम गर्ने चिकित्सक, कर्मचारीलाई पारिश्रमिक, बिमादेखि बिरामीहरुलाई खाना तथा यस केन्द्रको संचालनका लागि भरतपुर महानगरपालिकाले सम्पूर्ण ब्यवस्थापन गरेको महानगर प्रमुख रेनु दाहालले जानकारि दिनुभयाे।

“विश्वब्यापी महामारीबाट महानगरवासीलाई जोगाउने प्रयास गरिरहेका छौं।” मेयर रेनु दाहालले भन्नुभयो, “संघीय सरकारले कोभिडका बिरामीहरुको उपचार राज्यले नगर्ने भने ता पनि भरतपुर महानगरपालिकाले यस केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको पिसिआर परिक्षणदेखि उपचार निःशुल्क रुपमै गरेयाे ।”

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकाले संचालन गरेको आइसोलेसन केन्द्र देशकै नमुना भएको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »