सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक फूल कुमार बम्जनले अर्काकाे श्रीमतीलाई दुर्बिनले हेर्दा राई गाउँमा भयाे बबाल

काठमाडौँ । तामाङ सांगीतिक क्षेत्रमा माया, प्रीति अनि साँस्कृतिक विचलनको म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रममा स्वयम्भुको तामाङ कुदापमा तामाङ मौलिकताको प्रर्वद्धन र स्थानीय गाउँ ठाउँको प्रचार प्रसार हुने गरी बहुविबाह गर्नु हुन्न भन्ने सन्देश मुलक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेलो गायक फूल कुमार बम्जन र गायिका शशिकला मोक्तानको स्वर रहेको “मायाको दुर्बिन” म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त म्युजिक भिडियोमा निरज लाम्खोर, सुनैना तामाङको अभिनय रहेका छन् ।

मकवानपुरको राई गाउँ ओझेलमा परेको गाउँ हो । बाग्मती नदी र मरिण खोलाको संगम स्थलको रुपमा चिनिने राई गाउँ पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण स्थान रहेको शब्द रचनाकार, संगीतकार तथा गायक फूल कुमार बम्जनले सारा खबरलाई जानकारी दिनु भयो ।

प्रमुख अतिथि इन्द्र बानियाँले तामाङ संस्कार अनुसार सगुन लिँदै डम्फु बजाएर “मायाको दुर्बिन” म्युजिक भिडियोको सार्वजनिक गरेको थियो ।


६ मिनेट ४२ सेकेन्डको भिडियो हेर्दा जो कसैलाई पनि एक पटक राई गाउँ पुग्ने मन हुनेछ किनकी त्यहाँको रमणीय वन,पाखा,पखेराले मनै लोभ्याउँछ ।

गायक तथा शब्द रचनाकार फूल कुमार बम्जनले बागमती नुनथर क्यान खोलाबाट राई गाउँको परिचय खुलाएका छन् । नुनथर हिन्दुहरुको महत्वपूर्ण धार्मिक स्थल पनि हो ।

यो म्युजिक भिडियोले समग्रमा मकवानपुरको ग्रामीण भेगको परिचय त दिएको नै छ तर नव मोडल निरज लाम्खोर र सुनैना लामाले अभिनयको माध्यमबाट न्याय दिएको नै छ भन्नु पर्छ ।

तामाङ संस्कारमा बहुबिवाहको पुरानो मान्यता छ । गीतको माध्यमबाट त्यो परम्परा गलत छ भनेर तामाङ समुदायलाई मात्र नभएर सिंगो नेपाली समाजलाई नै सन्देश दिएको छ । जुन त्यो अहिलेको कानुन विपरित रहेको देखाएको छ ।

गीत संगीत समाज परिवर्तन गर्ने मुख्य साधन हो तर यसलाई ठिक ढंगले प्रयोग गर्न नसकिँदा हामी आफैँले गलत व्याख्या त गरिरहेको छैन भन्ने अदृश्य सन्देश पनि दिन खोजेको हो कि भन्ने म्युजिक भिडियो हेरेपछि महसुस हुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »