सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिमा नाकामा व्यवहारिक बन्न नसकेको एसएसबी

नेपालगञ्ज,कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँग भारतीय सीमा खुला गरेको छ ।

भारतीय सिमासुरक्षाबलले सहजै आवतजावत गर्न दिनु पर्ने हो । तर नेपालीहरुलाई जमुनाहमा रहेको भारतीय एसएसवीले भने अनावश्यक दुख दिने गरेको छ ।


भारतले नाका खुल्ला गरेसँगै निर्वाधरुपमा मानिसहरुलाई आउजाउ गर्न दिनु पर्ने भएपनि भारतीय एसएसवीहरुले भने अनावश्यक चेकजाँच गर्दै नेपालीहरुलाई रोक्ने गरेका छन् । जस्का कारण नेपालीहरुले अनावश्यक तनाव झेल्न बाध्य भएका छन् ।

जवकी नेपालतर्फ रहेको जमुनाह प्रहरीले आवश्यक कागजात भएकाहरुलाई भारत आउजाउमा कुनै रोकतोक गरेको छैन् ।
यहाँसम्मकी भारतीय नम्वर प्लेटका सवारीसाधनहरु वारीसमेत आउने गरेका छन् । तर एसएसवीहरुले भने नाकामा नेपालीहरुलाई आउजाउमा निकै कडाइ गरेका छन् । उनीहरुले बीचमै अट्काउने र फर्काउने समेत गरेका छन् ।

नाकामा एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्नु पर्ने भएपनि भारतीय एसएसवीहरुले भने नेपालीहरुमाथि दुव्र्यवहार जस्तै गर्ने गरेका छन् ।

औषधि उपचार तथा रोजगारीका लागि नेपालीहरु सीमावर्ति रुपैडियादेखि त्यहाँका ठुलठुला सहरमा पुगने गरेका छन् ।

तर एसएसवीहरुले अनावश्यक केरकार गर्ने, प्रक्रिया पुर्याउँदापनि रोक्ने गरेका छन् । आफ्ना नागरिकलाई भने वास्ता गर्ने तर नेपालीहरुमाथि किन यस्तो दुव्र्यवहार एकजनाले आक्रोसित हुदै भने । भारतीय नागरिकहरु जमुनाह नेपालगञ्ज बजारसम्मै मोटरसाइकल तथा गाडी लिएर आउने गरेका छन् ।

तर नेपालीहरुलाई नेपाली नम्वरको गाडी लगेर सीमा पार गर्न समेत दिदैनन् ।
सीमा सुरक्षार्थ खटिने दुवै देशका प्रहरीहरु दुवै देशका नागरिकप्रति उत्तिकै व्यवहारीक बन्नु पर्ने सम्बद्धहरु बताउँछन् । भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिकरूपमा कार्तिक ६ गते निर्देशन दिएको थियो ।


यसअघि नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो । तर अहिले भारतीयहरु धमाधम नेपाल आइरहेका छन् । (खाेजखबर सभार)

भर्खरै

सम्बन्धित खबर

Language »