सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेकाे काेट-तिमालमा पानीकाे समस्या, नगरपालिकाकाे महसुस कसरी गर्ने ?

काठमाडौं । काभ्रेको बृहत तेमाल खानेपानी परियोजना शुरु भएको करिब दस वर्ष बितिसकेको छ। तेमाल गाउँपालिका र नमोबुद्द नगरपालिकाको कानपुर, लाहस्कोट र कोटतिमालको जनताले सुनकोसीको पानी पिउन पाउने आशा भने टुटाएको छैन ।


जन निर्वाचित जन प्रतिनिधिले योजनालाई पूरा गरिदेला भन्ने विश्वासमा बसेको पनि चार वर्ष बितिसक्दा पनि खानेपानी अाउने कुनै टुङ्गो नहुँदा भने निरासा छाएको छ ।

सारा खबरको प्रतिनिधिले नमोबुद्द नगरपालिका वडा नं. ५ कोट तिमालका जनतासँग पानीको समस्याको बारेमा संवाद गरिएको थियो । संवाद जस्ताको तस्तै ।


अब आउदाे एक वर्षमा नमोबुद्ध नगरपालिकाको मेयर टि पी शर्माले कोटतिमालको जनताको समस्या समाधान गर्न सक्लान् त ?


संघीय सांसद गंगा बहादुर दोङ (बम्ध्वज)ले सुनकोसीको पानी तेमाल र नमोबुद्ध नगरपालिकाको जनतालई वितरण गर्ने वचन दिएको पनि वर्षौ बितिसकेको छ।

प्रश्न यो पनि उठेको छ । सुनकोसीको पानी तेमाल र नमोबुद्ध नगरपालिकाको जनताको खानेपानीको समस्या समाधान गर्ने जिम्मेवारी कस्को । संघीय सांसद गंगाबहादुर दोङको मात्र दायित्व हो र ? । नगर र पालिकाले किन चासो देखाउदैन ? साथै नगरापालिकाकाे महसुस कहिले गर्न पाउँछ ?

मेयर साप कोटतिमालको जनताले सुनकोसीको पानी कहिले पिउन पाउनेछन् ? ।

कोट तिमालको जनताको खानेपानीको समस्या कहिले समाधान हुन्छ ?

भर्खरै

सम्बन्धित खबर

Language »