सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालबाट भेन्टिलेटर र सुरक्षा सामग्री वितरण

प्रहलाद विश्वकर्मा
नेपालगंज, कोका— कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि भेरी अञ्चल अस्पताल नेपालगंज, बाँके क्षेत्रीय रक्तसञ्चार केन्द्र र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण आज नेपालगंजमा सम्पन्न भएको छ ।

यो दोस्रो चरणको सामग्री वितरण अभियान माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर काठमाडौँबाट गत हप्ता शुरु गर्नुभएको थियो ।

आज हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र ५० थान सुरक्षा चस्मा वटा रहेका छन् । ती सामग्रीहरुको जम्मा मूल्य १९ लाख ७२ हजार दुई सय रहेको छ ।

आज नेरेसो र कोका—कोलाबाट उपलब्ध गराईएको सामग्रीहरु नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर अर्याल, बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोरोना संकट व्यवस्थापन समितिका संयोजक रामबहादुर कुरुवाङ, नेरेसो केन्द्रीय सदस्य लोकदर्शन श्रेष्ठ, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, नेरेसो सञ्चार बिभागका निर्देशक दिब्यराज पौडेल, स्वास्थ्य सेवा बिभागका उप निर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि श्याम डङ्गोलको समुपस्थितिमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकास बहादुर थापालाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा भेरी अस्पताल कोभिड १९ आईसोलेशन फोकल पर्सन डा. श्यामसुन्दर यादव, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी एवं कर्मचारी, नेरसोे केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यस अघि गत असारमा पहिलो चरणमा मास्क, शुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो ।

नेपाल रेडक्रस र कोका—कोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा उपस्थित महानुभावहरुले खुशी व्यक्त गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »