सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा सुजुकी कारको आधिकारिक बिक्रेता युनाइटेड ग्रुपको सेवा संचालन

नेपालगञ्ज, सुजुकी कारको आधिकारिक बिक्रेता युनाइटेड ग्रुपले आफ्नो सेवा औपचारिक रुपमा सुरु गरेको छ ।

बाँकेको जानकी गाउँपालिकाको गनापुरमा ग्रुपले आफ्नो सेवा विस्तार गरेको हो । बिहीबार एक कार्यक्रमका बीच सिजी मोटोक्रपका सिइओ करन चौधरीले अवलोकन भ्रमण गरेका थिए ।

सोही अवसरमा सुजुकी कार खरिद गरेकाहरुलाई हस्तान्त्रण गर्दै सेवा विस्तार गरिएको हो । यसअघि युनाइटेड अटो मोटिभले अनौपचारिक रुपमा सेवा सञ्चालन गर्दै आएको थियो ।

मोटिभको बाँके, सुर्खेत, बर्दिया र जाजरकोट कार्यक्षेत्र रहेको म्यानेजर निर्मल ओलीले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा सुजुकी कारको नै बिक्रि वितरण हुन्छ ।

बिहीबार मात्रै सुजुकी कार खरिद गरेका चार जनालाई सिइओ चौधरीले संयुक्त रुपमा चाबी हस्तान्त्रण गरेका थिए । चारै जनाले ४४ लाख मूल्यका सुजुकी कार खरिद गरेका हुन् । म्यानेजर ओलीले उक्त कार अध्याधुनिक सेवासहितको रहेको जानकारी दिए ।

ती कारमा स्क्रिन टच र ब्याग क्यामरा लगायतका सुविधा रहेको उनले बताए । युनाइटेड अटो मोटिभमा न्युनतम १२ लाखदेखि अधिकतम ७९ लाखसम्मका गाडि तथा कारहरु रहेका छन् । यस्तै ग्राहकहरुका लागि विभिन्न किसिमका सुविधा समेत प्रदान गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »