सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य अधिकारीलाई स्वागत


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई स्वागत गरेको छ ।

बिहिवार संघको कार्यालयमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा संघले अधिकारीलाई स्वागत एवं बधाई दिएको हो ।

कार्यक्रममा बोल्दै व्यवसायीहरुले व्यवसायिक हकहितका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केन्द्रीय सदस्य अधिकारीले समग्र बाँके जिल्लाको व्यवसायिक क्षेत्रको विकासका लागि पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अधिकारीलाई स्वागत गर्दै संघका अध्यक्ष मन्सुरीले व्यवसायिक हितका मुद्दामा आफुहरु सदैव एकसाथ रहने उल्लेख गरे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्य, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »