सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोले बुटवलमा गर्यो “बालिका शिक्षाका लागि सम्वाद” कार्यक्रम


सिराज खान
नेपालगञ्ज,बालबालिकाको क्षेत्रमा लामो समयदेखि विभिन्न गतिविधी र कार्यक्रम गर्दै आएको बाँके युनेस्को क्लबले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बटुवलमा बालिका शिक्षाका लागि सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको “बाल चाँडो र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना” अन्तर्गत सो सम्वाद कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।

प्लान नेपालका क्षेत्रीय संयोजक मिना पराजुलीको अध्यक्षतामा सम्पन्न भएको सो सम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक टिकाराम अर्याल प्रमुख अतिथी रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै निर्देशक अर्यालले अझैपनि धेरै ठाउँमा बालिकालाई नपढाउने, उमेर नपुग्दै जबरजस्ती छिटो विवाह गरिदिने चलन कायमै रहेको जनाउँदै त्यस्ता चलन र मान्यताहरुलाई समाप्त पार्नु अतिआवश्यक रहेको बताउनुभयो ।

उहाँले बालिकालाई शिक्षा दिनु अहिलेको सबैभन्दा महत्वपुर्ण जिम्मेवारी भएको समेत बताउनुभयो । यसैगरि सोही अवसरमा लुम्बिनी प्रदेशका शैक्षिक योजना तथा महाशाखा प्रमुख थानेश्वर ज्ञवाली, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल र उच्च शिक्षा महाशाखा प्रमुख मनोज गैरेले पनि बाल विवाहलाई रोक्नु अति आवश्यक रहेको जनाउँदै त्यसका लागि अभिभावकमा चेतना र बालबालिकामा शिक्षाको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

उक्त अवसरमा विष्णु प्रसाद पन्थी र सञ्जय ज्ञवालीले पनि बालबालिकाको शिक्षामा विशेष जोड दिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »