सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा प्रहरी र सशस्त्र प्रहरी कै सेटिङमा नाकाहरुमा अवैध तस्करी

नेपालगन्ज, बाँके जिल्लामा खुला सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा तसकरहरुले अवैध धन्दा चलिरहेको छ ।

नेपालगञ्जको मुख्य नाकन जमुनाहमा कडाइ गरिएपपछि तस्करहरुको समूहले अन्य नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आफ्नो जालमा पारेर अवैध धन्दालाई चलाई रहेका छन् । बाँकेको जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न नाकाहरुबाट चोरी तस्करी बढेको हो ।
खासगरी परसपुर, जानकी गाउँपालिकाको साइगाउँलगायतका क्षेत्रबाट तस्करी हुने गरेको पाइएको छ ।

मुख्य नाकाको पश्चिमतीरबाट सुपर पावर सुर्ती,कोरेक्स,काटेको मासु भित्र्याउने गरिएको छ भने पूर्वीनाका सुइया प्रिपहवा, टंकपरीलगायतबाट समेत सुपर पावर सुर्ती,कोरेक्स, ज्यँुदो बोइलर खुकुरा नेपाल ल्याउने गरिएको छ । ती सबै नाकामा नेपाल प्रहरीको चौकरी र सशस्त्रको विओपी पोष्ट छन् ।

तर उनीहरु तस्करहरुबाट मासिक रुपमा मोटो रकम पैसा असुल्दै नेपालमा प्रतिबन्धित समानहरु भित्र्याइरहेका छन् । यती सम्मकी तस्करहरुले जिल्लाका सुरक्षा निकायका प्रमुख देखि लुम्बिनी प्रदेशका डिआईजी सम्मलाई सेटिङ गरेका ले हाम्रो समान कस्ले समातने बाँके जिल्ला कै नामुद तस्कर आलमले विभिन्न ठाँउमा भन्दै हिडने समेत गरेको छ ।
नत्र नाकाबाट पछिलो समयमा अवैधरुपमा तस्कर भईरहेको छ । खासगरी तस्करहरुले रातीको १२ वजेदेखि विहानको ४ वजेको समयमा आलम तस्करले ट्टेक्टर,साइकलमा लोड गरेर सुपर पावर सुर्ती,कोरेक्स लगाएतका समानहरु ल्याउने गरेको छ ।

बाँके प्रहरी भन्ने तस्कर आलमको समान लाई स्क्टीङ्ग गरी सुरक्षत स्थान सम्म पुगाउने काम समेत गरेको छ ।
तर स्थानीय प्रशासन समेत मुखदर्शक बन्दा तस्करहरुको मनोवल बढ्दै गएको छ । भारतबाट अवैधरुपमा सुर्ती प्याज, चामल, चीनी, रासायनिक मल र कोरेक्स आउने गरेको छ । यहाँ महंगो पर्ने भएपछि भारतबाट यस्को अवैध धन्दा हुने गरेको हो ।

यताबाट पेट्रोलियम पदार्थको तस्करी हुने गरेको पाइएको छ । यीनै नाकाको प्रयोग गरेर वारि लैजाने गरिएको हो ।
केही समय पहिला तस्कर आलमको एक ट्टेक्टरमा ४८ बोरा सुपरपावर सुर्ती पकाउ परदा –त्यसको मुल्य दश लाख उन्तीस हजार आठ सय चालीस रुपैया बराबरको समान बरामद हुर्दा बाँके प्रहरीले तस्कर आलमको निर्देनमा जाम्मा छियानब्बे हजार बराबरको देखाएको थियो यस बाट नै देख्न सकिन्छकी बाँके प्रहरी तस्कर आलम सगँ कती सम्म नजिको सम्बन्ध रहेछ ।


भारतमा पेट्रोलियम पदार्थको मूल्य मंहगो छ । तस्करहरुले ग्यालिनमा पेट्रोलियम पदार्थ भरेर नाका कटाउने गरेका छन् । कतिपयले त यहाँ आएर वाइकमा ट्यांकी फुल गर्ने र वारि लगेर बेच्ने समेत गरेका छन् । यस्ता अवैध तस्करहरुको सेटिङ नाकामा खटिने प्रहरीसँग हुने गरेको छ । उनीहरुलाई पैसा दिएर दैनिकरुपमा यस्ता तस्कर भइरहेका छन् । (लाइभपाटी डट कमबाट)

भर्खरै

सम्बन्धित खबर

Language »