सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त पदाधिकारिहरु लाई स्वागत

काठ्माण्डौ ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित प्रतिनिधिहरुलाई एक औपचारिक कार्यक्रम बीच आज स्वागत गरेको छ ।

 नेपाल उद्योग बाणिज्य महासंघ का नवनियुक्त अध्यक्ष शेखर गोल्छा को प्रमुख आतिथ्य र ग्रील तथा स्टिल ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवाल को सभापतित्व मा भएको कार्यक्रम मा सहायक संगठन का रुप मा रहेका ग्रील तथा स्टिल ब्यबसायी संघ काठ्माण्डौ पश्चिम क्षेत्र अध्यक्ष शैलेश ठकुरी र अन्य इकाईका अध्यक्ष हरु  को पनि सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एसोसिएट उपाध्यक्ष रामचन्द्र सांघाई, कोषाध्यक्ष सकुन्तलाल हिराचन लगायतका  निर्वाचित प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मञ्तव्य राख्दै ग्रील तथा स्टिल ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवालले निजी क्षेत्रको उत्थानमा उद्योग वाणिज्य महासंघले प्रभावकारी तवरले काम गर्नुपर्ने बताउनुभएको छ । लघु, घरेलु तथा साना उद्योगीहरुका समस्यालाई महासंघले विशेष प्राथमिकताका साथ लिनुपर्ने र राज्यले गरेका सहजपूर्ण कर्जा लगायतलाई बिना झण्झट उपलब्ध गराउनको निम्ति महासंघको सहजीकरण आवश्यक रहेको समेत उहाँले बताउनुभएको छ ।

ग्रिल व्यवसायीको भुमिका राज्यको लागि महत्वपूर्ण रहेको भएपनि राज्यले यस क्षेत्रलाई विशेष महत्वको साथ लिन नसकेको, ग्रिल व्यवसायमा प्रयाप्त जनशक्ति उपलब्ध हुन नसकेको, अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा बिनाकारण नै ग्रिलजन्य सामाग्रीहरुको मूल्य बढेको, समयमा सामान प्र्राप्त गर्न कठिनाइ रहेको लगायतका समस्याहरु उक्त क्षेत्रमा रहेको बताउँदै महासंघको नयाँ कार्यसमितिले आफूहरुका माग सम्बोधनको लागि समेत प्र्रयाप्त काम गर्नेमा आफूहरु विश्वस्त रहेको ग्रिल महासंघका अध्यक्ष मोहन कटुवालले बताउनुभयो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा नेउवा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका समस्या समाधानमा आफूहरु सदैव तयार रहने बताउँदै आफूहरुलाई सबै पक्षको साथसहयोग आवश्यक पर्ने बताउनुभएको छ । निजी क्षेत्र नाफामूलक हुनु स्वभाविक रहेको इङ्गित गर्दै मुनाफा निश्चित हद सम्म मात्र लिनुपर्नेमा उद्योगीहरुलाई सचेत गराउनुभएको छ ।

निर्वाचन सम्पन्न भएसँगै प्यानलगत मतभेदहरु समेत समापन भइसकेको बताउँदै उहाँले सहकार्य र सहअस्तित्वबाट नै सामुहिक लाभ हासिल गर्न सकिने बताउनुभयो । आफूहरुमाथि निजी व्यवसायीहरुको ठूलो अपेक्षा रहेको र ती अपेक्षा पूरा गर्न सकेमात्र आफूहरु प्रतिको निजी क्षेत्रको सपना साकार हुनुपर्ने बताउँदै अब सिङ्गो महासंघ एकताबद्ध भई अघी बढ्नेमा सम्पूर्ण व्यवसायी एवं सरोकारवालाहरुलाई उहाँले विश्वस्त गराउनुभएको छ ।

कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूहरु आपसी सहयोग र समझदारीमा नै अघी बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »