सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कस्ताे व्यवस्था हाेला याे ? सडकमा विराेध प्रदर्शन, सिंहदरबारमा मन्त्रलाइ स्वागतई

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा प्रदर्शन भएको हो ।

शान्तिबाटिकाबाट सुरू भएको र्‍याली बागबजार, पुतलीसडक, भद्रकाली परिक्रमा गरेर शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ । र्‍यालीमा जनता समाजवादी पार्टीका शीर्ष नेता भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत सहभागी भए ।

यता प्रतिनिधिसभा भंग गरेको विरोधमा पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त स्थानमा प्रधानमन्त्री ओलीले नियुक्त गरेका नयाँ मन्त्रीले आइतबार नै पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ नै राष्ट्रपतिबाट शपथ लिएका मन्त्रीहरुले आइतबार पदभार ग्रहण गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »