सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी नेपालको पुस २७ गते नेपालगंजमा बिरोध सभा केन्द्रिय नेताहरुले सम्बोधन गर्ने

नेपालगन्ज ,संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट संसद भंग गरेर नयाँ जनादेशका लागि बैशाखमा मध्यावती निर्वाचनको घोषणा गरेका थिए ।

उक्त कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टी सडक आन्दोलनमा उत्रिएको हो ।


सो पार्टीले पुष २५ गतेदेखि आन्दोलन थाल्ने निर्णय गरेको हो । नेपालगन्जमा पुष २७ गते प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालगन्जको विरोध प्रदर्शनलाई पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई , महेन्द्र राय, अमृता अग्रहरीलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । पुष २५ गतेदेखि सुरु भएर माघ ७ गतेसम्म चल्ने प्रदर्शन देशका मुख्य शहरहरुमा केन्द्रीत हुने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »