सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केपी ओलीले भनेकाे कुरा मान्दै जानु मेराे गल्ती हाेः अध्यक्ष पुष्पकमल दाहाल

काठमाडाैँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले संविधानमाथि प्रहार गरेर इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । उहाँले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध केपी ओलीले गरेको क्रुर प्रहारविरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि निरन्तर प्रहार गर्दै आएको बताए ।

प्रचण्डले केपी ओली गणतन्त्रको पक्षमा हुनै नसक्ने भन्दै ओलीको सिद्धान्त बयलगाडाको सिद्धान्त भएको पनि बताए । उनले संघीयता र धर्मनिरपेक्षताविरोधी ओली हो भन्ने थाहा भएपनि जनताको आँधीहुरी आएपछि उनले गणतन्त्र मान्ने बताएकाले आफुले विश्वास गरेको बताए । ‘अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु’, प्रचण्डको भनाई छ ।

प्रचण्डले ओली कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै विचारमा समेत स्खलित भइसकेको टिप्पणी गरे । प्रचण्डले पहिलो चरणको ओली कदमका विरुद्ध भोलि अर्को चरणको आन्दोलनको कार्यक्रमको तयारी गरिरहेको बताए । उनले प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नछोड्ने पनि बताए । ‘हामी छोड्नेवाला छैनौँ, छोड्दैनौँ’ प्रचण्डको भनाइ छ ।

प्रचण्डले ७० प्रतिशत नेकपाका केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै सय जनाको वरिपरि बसेर १२ सयको केन्द्रीय समिति बनाएको भनेर नौटङ्कीमा ओली लागेको बताए ।

उनले गलत कदम सच्चाउन अन्तिम भरोसा जनता नै भएकाले आफु जनतामा आएको पनि बताए । उनले चुनाव गर्नलाई ओलीले घोषणा नगरेको पनि बताए । ‘यो चुनाव गर्न गरेको घोषणा नै होइन, स्वयं ओलीलाई पनि भरोसा छैन । हुनेवाला चुनावको घोषणा गरेको होइन । हुँदा खाँदाको बहुमतको संसद् विघटन गरेर ओलीले चुनाव गराउँछन् ?’ प्रचण्डको प्रश्न छ । उनले ओलीले श्री ३ हुने सपना देखिरहेको पनि बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »