सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले‘राजा महेन्द्रको पुनाराबृतीे दोहोर्याए’:जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव


नेपालगंज, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताउनु भएको छ ।


अबधि पत्रकार संघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।


जन निर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष यादवले ७० बर्ष देखिको नेपाली जनताको सपना प्रधानमन्त्री ओलीले हत्या गरेको भन्दै सत्ताबाट हटाउनुको बिकल्प नभएको बताउनु भयो । उहाँले राजा महेन्द्रको पुनाराबृती ओलीले दोहो¥याएको जिकिर गर्नुभयो ।

राजा महेन्द्रले पनि यसै गरेका थिए, ओलीले पनि त्यसै गरे उहाँले भन्नुभयो( अब उनलाई सत्ता चलाउन छुट छैन ।


यादबले संसद पुर्नस्थापनाको विकल्प नभएको धारणा व्यक्त गर्नु भयो । जसपाको स्पष्ट माग छ ससंद पुर्नस्थापना हुनुपर्छ र अर्को ओलीको सत्ता बहिर्गमन हुनुपर्छ ।

उहाँले लोकतान्त्रिक शक्तिहरु एक भएर ओलीलाई हटाउनु पर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा सपजाका केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादब, जिल्ला अध्यक्ष कमरुद्दिन राई, नरैनापुर पालिकाका अध्यक्ष इस्तियाक अहमद शाह लगायतको सहभागिता रहेको थियो ।


पत्रकार सम्मेलन अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीको सभापतित्वमा सम्पन्न गरिएको थियोे ।

भर्खरै

सम्बन्धित खबर

Language »