सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघको आज अधिबेशन


नेपालगञ्ज, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघको नयाँ नेतृत्वका लागि आज शनिबार अधिबेशन हुने भएको छ ।


लामो समयसम्म संघमा नेतृत्व गरिरहेका अध्यक्ष अव्दुलवाहिद मन्सुरी चुन्ना नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वा्चित भएपछि किराना तथा खाद्य व्यवसायी संघमा नयाँ नेतृत्व आउने निश्चित भएको छ ।


संघको अध्यक्षका लागि व्यवसायी फनाधर भण्डारी र उपाध्यक्षका लागि अव्दुलजलिल मन्सुरी मुन्नाको नाम चर्चामा रहेको ब्यवसायीहरुले जनाएका छन् ।


संघको ९ औं साधारणसभाले पदाधिकारी लगायत अन्य पदाधिकारी र सदस्य चयन गर्ने छ । अधिबेशन नेपालगञ्जमा हुने भएको छ ।


साधारणसभामा नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्बा्चितपदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »