सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चक्रपथ सरसफाइ महाअभियानले भब्यताको साथ मनायो २०० औं हप्ताको कार्यक्रम

काठमाण्डौ

बाग्मती सफाइ महाभियान शुरु भएपछि देशैभरी अन्य सफाइ अभियान हरु  पनि शुरु हुँदै गएका हुन्। तिनै अभियान मध्य एक शशक्त अभियान भनेर चिनिएको ग्रीन सिटी हस्पिटल का अध्यक्ष तथान् समाजसेवि लोक बहादुर टण्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाइ महाअभियान ले आफ्नो सफलताको २००औं हप्ता भब्यताको साथ मनाएको छ  ।

अभियान का संयोजक लोक बहादुर टन्डन को शभापतित्व ,टोखा नगरपालिकाका प्रमुख (मेयर ) प्रकाश अधिकारी को प्रमुख आतिथ्य र लोकप्रीय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ को बिषेश आतिथ्य मा सम्पन्न भएको कार्यक्रम मा लोक तथा दोहोरी गीत  प्रतिष्ठान नेपाल का निवर्तमान अध्यक्ष,आम दर्शक श्रोता को अत्यन्तै रुचाईएका लोक प्रीय लोक दोहोरी गायक बद्री पंगेनी  ,चर्चित गायीका  मन्जु पौडेल , नव उदयीमान  गायीका कल्पना दाहाल तथा गायक तिलक बस्नेत  को उपस्थिति  रहेको थियो  ।

काठमाण्डौ उपत्यका भित्र  चलिरहेको प्राय सबै सफाइ अभियान बाट प्रतीनिधित्व रहेको कार्यक्रम मा गुर्जो अभियन्ता भनेर चिनिने कमल बहादुर राज लवट को टीम ले गुर्जो को धुलो तथा गुर्जो को चिया बितवरण गरेका थिए।

कार्यक्रम का आकर्षक का रुप मा रहेका बिषेश अतिथि मदन कृष्ण श्रेष्ठ ले मलाइ गीत गाउने रहर जाग्यो भनेर ब्यंग्य शैलिमा गीत गायका थिए भने बद्री पंगेनि  ,  कल्पना दाहाल , मन्जु  पौडेल ,तिलक बस्नेत ले गीत गाएर दर्शक हरु लाई नचाएका थिए  ।

कार्यक्रम का प्रमुख अतिथि टोखा नगरपालिका का मेयर प्रकाश अधिकारी ले आफ्नो ४ बर्षे कार्यकाल मा कति काम गरेको छु भन्ने कुरा यहाँका आम नागरीक लाईसोध्नुस् भन्दै यस्ता सामाजिक काम को लागि आफु सदैब सहयोग गर्न तत्पर रहेको बताएका छन्।केहि कानुनि र प्रशाशनिक झन्जट भएकै कारण स्थानिय सरकार ले चाहेजती काम सम्पन्न गर्न नसकेको उन को अनुभव पनि सुनएका थिए।

कार्यक्रम  मा स्वागत मन्तब्य राख्दै हिमालयन वातवरण संरक्षण प्रालि का अध्यक्ष भुपाल आचार्य ले फोहर  को श्रोत हामि आफै भएको ले फोहर फाल्ने डम्पिङ साईड खोज्दै हिड्नु भन्दा घर घर बाटै फोहर कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने तीर ध्यान दिनु आजको आवस्यकता रहेको बताए  । प्रचलित कानुन को कार्यन्वयन मात्र सहि ढंगले गर्न सके यो अवस्था लाइ निराकरण सकिने नभए जिन्दगीभर फोहोर टीपेर बस्नु पर्ने हुन सक्छ भनेर ब्यंग्य गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »