सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अख्तियार मा मुद्धा को चाङ : कैले होला फैसला ?

सार्वजानिक  पद र पावरको दुरुपयोग गरी  आर्थिक हिनामिना गरेको अभियोगमा बिभिन्न माध्यम बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुने मुद्धा को संख्या ह्वात्तै बढेको छ  ।

 अख्तियार ले समाजिक संजाल इमेल ,भाइवर ,टेलीफोन, फेसबुक लगायत बाट पनि गोप्य रुपमा उजुरी दर्ता गर्न मिल्ने बनाए पछि  उजुरीको संख्या बढेको हो  ।

आर्थिक बर्ष २०७७।७८ मा अहिलेसम्म  ६८४६ उजुरी दर्ता भएका छन् भने यो पौष महिनामा मात्र  ९९९ उजुरी दर्ता भएका छन्।

लामोसमय देखि  बिचाराधिन रहेका उजुरी हरुको चाङ कति छ भन्ने अख्तियार का कर्मचारी लाइनै थाहा  नहुन सक्छ ।

पौष महिना मा दर्ता भएका उजुरी हरु मा लिखित ३२६, पोस्टल बाट  १८५ , वेभ साइड बाट १६९ , इमेल बाट १५६ ,टेलिफोन बाट ११० ,मोबाइल एप बाट ३०,फेसबुक बाट १७, भाइवर बाट ४ उजुरी हरु दर्ता भएका हुन् ।

यसरी दर्ता भएका उजुरी हरुमा अख्तीयार  को केन्द्रीय कार्यलय मा सबभन्दा बढि ६७७ वटा उजुरी दर्ता भएका हुन्। बाँकी उजुरी हरु अरु शाखा कार्यलय मार्फत दर्ता भएको हो  ।

अख्तियारले आफ्नो आधिकारीक वेभ साईड मार्फत यो तथ्याङ्क  सार्वजानिक गरेको छ  ।

दर्ता भएको  उजुरी माथि समयमानै अनुसन्धान र कार्वाहि हुन नसक्दा अख्तीयार देखि आम नागरीक भने त्यती सन्तुष्ट हुन सकेका छैनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »