सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेडक्रसको संरचना रुपान्तरण हुने क्रममा रहेको–अध्यक्ष तिम्सिना

प्रहलाद विश्वकर्मा

नेपालगंज , माघ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष तथा पदाधिकारीहरुसंग अन्तरक्रिया कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले नेपाल सरकारको संघीय ढाँचा अनुसारको नेपाल रेडक्रस सोसाइटीको संरचना रुपान्तरण हुने क्रममा रहेको बताउनु भयो ।

उहाँले यो अभियान बाँकेबाट नै शुरु भएको स्मारण गराउनु भयो ।नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर आर्यालले जोखिममा रहेका समुदायलाई सेवा दिदै गरेको कारण रेडक्रस पहिचान बढेको बताउँदै बाँके रेडक्रसले उदाहरणीय काम गरिरहेकोमा प्रंशसा गर्नु भयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले शाखाको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै रक्तसंचार सेवा केन्द्रको भवन जिर्णा अवस्था रहेकोले भवन निर्माणका लागि ध्यानाकर्ण गराउनु भयो ।

नेरेसो बाँके शाखाका उपसभापति शान्ति श्रेष्ठले रेडक्रसमा महिला सहभागिता बृद्धिमा जोड दिँदै रेडक्रसको गरिमालाई उच्च राख्न आग्रह गर्नु भयो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो केन्द्र, शाखा र उपशाखाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा सम्पूर्ण गतिविधिको बारेमा बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीले प्रस्तुती गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »