सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिपक श्रेष्ठ – नगर प्रमुख डा. धवलशम्शेर राणाका विश्वासपात्र

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका सहायकस्तर ५ औं पदमा कार्यरत दिपक श्रेष्ठ नगर प्रमुख डा. धवलशम्शेर राणाका स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थयो ।

मंगलबार मस्तिकघात भएपछि शिक्षण अस्पतालमा उपचार श्रेष्ठको ४६ वर्षको उमेरमा बुधबार विहान निधन भएको छ । उहाँको मृत्युपछि उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधी सबैजना भावविह्हल भएका छन् ।

विहान उपमहानगरपालिकामा आयोजित शोकसभामा नगरप्रमुख राणाले आँशु थाम्न सक्नुभएन छ । उपप्रमुख उमा थापा मगर लगायत जनप्रतिनिधी र कर्मचारी सबैका आँखा रसाएका थिए । बुधबार नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुमा अत्यावश्यक काम बाहेक अन्य सेवा विदा गरिएको छ ।
नेपालगञ्ज घरबारीटोल निवासी श्रेष्ठ नगर प्रमुख राणाका अत्यन्त निकट बिशवासपात्रको रुपमा रहनुभएको थियो । मेयर राणा बागेश्वरी मन्दिर समितिको अध्यक्ष भएपछि राप्रपाको प्रतिनिधीको रुपमा उहाँ समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मन्दिर समिति गठन भएको केही समयपछि राप्रपाको नगर सचिवको जिम्मेवारीमा रहनुभएका श्रेष्ठ नगरप्रमुख राणाको स्वकीय सचिवको जिम्मेवारीमा आउनुभएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »