सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी


नेपालगन्ज,नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएपछि शनिवार भएको साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर अधिकारी, उपाध्यक्षमा प्रमोद अग्रवाल, महिला उपाध्यक्षमा इन्दिरा महासचिवमा टोपबहादुर थापा, उपमहासचिवमा बिनोद कुमार गुप्ता, कोषाध्यक्षमा आशिष अग्रवाल छन् ।

त्यस्तै बरिष्ठ सदस्यमा कृष्णप्रसाद मरासानी, सन्जय कौशल, मख्खन धामी, दिनेश गुप्ता, जुमाई इद्रिसी, सेतुली माया श्रेष्ठ, खेमराज माझी, खिमलाल अधिकारी, मनोनित सदस्यमा बुद्धिराज बजगैया, बालकृष्ण सुवेदी र प्रवक्तामा अब्दुल जलिल मन्सुरी मुन्ना चयन हुनुभएको छ।
सोही अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोद आचार्य समेत सहभागि उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले किराना व्यवसायीको हकहितका लागि संघका तर्फबाट काम गर्ने बताउनुभयो ।

आफु समेत किराना व्यवसायीको अभिभावक भएको बताउँदै अध्यक्ष मन्सुरीले किराना व्यवसायीको हकहितका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो।

शनिबार नै अछामि सेवा समाजले नवनिर्वाचित संघका कार्यसमितिलाई स्वागत गर्दै व्यवसायी हकहितका लागि सक्रिय भएर लाग्न शुभकामना दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »