सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ

काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ स्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन बलामी लगायत ५ जनालाई नगद १३ हजार ७ सय रुपैयाँ र २ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१४ सातदोबाटो डेरा गरी बस्ने पाँचथर घर भएका ४२ वर्षीया कृष्ण कुमारी लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु सहित ७ जनालाई नगद १ लाख ११ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१५ स्थित सुदन महर्जनको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई हाल सातदोबाटो बस्ने ३७ वर्षीय राजकुमार लामा लगायत ५ जनालाई नगद १९ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »