नेपालगन्ज, पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले १११ औं अन्तराष्टिय श्रमिक महिला दिवसको उपलक्ष्यमा नेपालगञ्जमा महिलाहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्नु भएको छ ।

१११ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसर पारेर नेपालगन्जको सुर्खेतरोडस्थित ध्रुवतारा पब्लिक फार्मेसीसंगको सहकार्यमा पुर्व सहरी विकास मन्त्री राईले निशुल्क सेनेटेरी प्याड वितरण गर्न लगाउनु भएको हो ।

पुर्व सहरी विकास मन्त्री तथा सांसद राई प्रतिनिधिसभाको बैठकका कारण काठमाण्डौमा रहेपनि उहाँले ध्रुवतारा पब्लिक फार्मेसीसंगको सहकार्यमा निशुल्क सेनेटरी प्याड वितरण गर्न लगाउनु भएको फार्मेसीका सञ्चालक सदस्य ईरफान सिद्दिकीले बताउनुभयो ।

उक्त सेनेटरी प्याड वितरण कार्य नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका मेडिकल अधिकृत फिजिसियन डा. निजु निरौलाले गर्नु भएको थियो ।
उहाँले सो अवसरमा महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर गरिएको यो कार्य निकै सराहनीय रहेको बताउनुभयो ।

सो अवसरमा ३०० पिस सेनेटरी प्याड वितरण गरिएको जनाउँदे ध्रुवतारा पब्लिक फार्मेसीका सञ्चालक सदस्य सिद्दिकीले निशुल्क प्याड वितरणमा महिलाहरुको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।
सोही प्रकारले सोमवार दिनभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर नेपालगन्जमा १११ औं अन्तराष्टिय श्रमिक महिला दिवस मनाईएको छ ।








