सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म्हेन्दाेमाया VS तामाङ फापरे सेलाे अनि गायक शेराप रूम्बा

काठमाडौँ । तामाङ सेलो फापरे गीत र म्हेन्दो माया गीतमा धेरै भिन्नता पाईन्छन् । काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर लगाएत धेरै जिल्लामा फापरे गीत गाउने प्रचलन रहेको छ भने नुवाकोट, रसुवा, धादिङमा भने म्हेन्दो माया गीत गाउने चलन पाइन्छन् ।

कुनै समय तामाङ समुदायको मुख्य भाका कुन हो त ? भन्ने प्रश्न पनि उठेको थियो तर रुभी भ्यालीमा भेटिएको यो भाकालाई पनि हामीले संरक्षण गर्नु पर्छ भनेर अहिले विवाद गरिदैन । हुन त तामाङ समुदायको विशेषता भनेको फापरे गीत नै हो त्यसमा भुगोल विशेषताको प्रभावमा चलेको भाका म्हेन्दो माया हो । अहिले तामाङ समुदायमा दुई धारको भाका भेटिन्छन् त्यो हो म्हेन्दो माया र फापरे सेलो गीत ।

नुवाकोटमा नै जन्मेको शेराप रुम्बा भने सानै उमेर देखि फापरे सेलो गीत गाएर नै हुर्केको अनुभव सुनाउछन् । उहाँको नै शब्दमा भन्ने हो । “म नुवाकोटमा नै जन्मेको हुँ तर मैले फापरे गीत गाएर नै हुर्केको हो भन्दा धेरै साथीहरुले विश्वास नै गर्दैनन् । तर सत्य कुरा के हो भने अहिले पनि म जन्मेको गाउँमा धेरैले म्हेन्दोमाया भाका नै बुझ्दैन । काभ्रे, सिन्धुपाल्चोक, रामेछापमा बोल्ने भाषा नै बोल्छन् । हुन त मैले म्हेन्दोमाया भाका नराम्रो भन्न खोजेको होइन । म अहिले सेलो गीत नै गाउछु ।”

नुवाकोटको ककनीमा राष्ट्रिय संगीतकार्मी कलाकार संघ नुवाकोटले आयोजना गरेको बृहत साँस्कृतिक ल्होछार कार्यक्रमको भेटमा गायक शेराप रुम्बासँग छोटो भलाकुसारी गर्ने अवसर मिलेको थियो ।

सारा खबरले उहाँसँग गरेको छोटो कुराकानीमा अहिलेसम्म गोप्य रहेको कुराहरु पनि खुलाएको छ । गीत रेकर्ड गर्न जाँदा गोजीमा दुई हजार मात्र रहेको तर ३ हजार माग्दा उहाँले एक छिन पर्खनुस् है भनेर एक घन्टा पछि साथीसँग सापटी मागेर ल्याएको पाँचहजारले गीत रेकर्ड गरेको घट्ना कहिले बिर्सन नसकिने बताएका छन् । उहाँले गायिका इन्द्रिरा गोलेको नाम बारम्बर लिनु भयो । नाम लिनको रहस्यबारे सोध्दा उहाँ भन्नु हुन्छ । “मेरो गीत संगीतको प्रेरणाको स्रोत नै इन्दिरा गोले नाना हो । उहाँले मसँग पैसा नहुदा पनि गीत रकर्ड गरेर सहयोग गरिदिनु भएको छ । मलाई दुःखको बेलामा सहयोग गरिदिनु भएको छ । त्यसैले म उहाँलाई कहिले बिर्सन सकिदैन । ”

संवाद कै क्रममा उहाँले लाल बहादुर योञ्जनलाई पनि सम्झनु भयो । “सायद लाल बहादुर योञ्जन मामालाई नभेटेको भए अहिलेको यो पहिचान कमाउन सक्दैन थियो होला । उहाँको शब्द संगीतमा मैले धेरै गीत गाउने अवसर पाएकाे छु । म उहाँलाई गुरु मान्छु र सदा सदा सम्मान गर्ने छु ।” गायक शेराप रुम्बाले विगत संझदै भन्नु भयो ।

हुन त गायक शेराप रुम्बा गायक मात्र होइन । उहाँ खाईवा र लामा पनि हो । उहाँको वंश नै लामा हुनुहुन्थ्यो । उहाँले अहिले पनि लामा पढ्नु हुन्छ तर पेशा नै भने अंगालेको छैन । उहाँको पेशा खाईवा र गायन नै हो । खाईवा अर्थात थाङ्का लेख्ने कलाकार । उहाँले जीवनको लामो समय थाङ्का लेखेर नै बिताएका छन् । अहिले स्वयम्भुमा थाङ्काका व्यवसायलाई निरन्तर दिई रहनु भएको छ ।

उहाँले गाउनु भएको “नाका माम्ह कोते कोते फुम गोरङ” गीत तामाङ समुदायले अत्याधिक रुचाएको गीत हो । यो गीतले नै उहाँलाई माथि उठाएको हो भन्दा फरक पर्दैन तर उहाँलाई चिनाउने गीतहरु धेरै छन् ।

हुन त तामाङ समुदायमा मात्र नभएर नेपाली गीत संगीत जगतमा राम्रा कलाकारहरु ओझेलमा परिरहेका छन् । बत्ति मुनिको अध्यारोमा परेको गायक शेराप रुम्बा पनि एक हो । उहाँ स्वरको धनी हुनुहुन्छ । अवसर र आर्थिक पक्षको कारणले नै पछि परिरहेका छन् ।

तामाङ भाषाको गीतहरु ”थास्युको आमा म्हिला हृयुल, नुवाकोट गोल्फु ग्लान दारबार, कस्तुरी क्लाङबा, नाका माम्ह कोते कोते पार्ट २, फेसबुकमा लाएको माया, दोङह्रापा साला तेवा म्हिला केवा, बरदो, यी गीतहरु रेकर्ड भैइसकेको उहाँले जानकारी दिनु भएको छ भने बरिष्ट शब्द संगीत लाल बहादुर योञ्जनकौ रहेको बताउनु भएको छ ।

“नाका माम्ह कोदे कोदे पट टु” मा भने राम बहादुर बोम्जन को शब्द र लाल बहादुर याेञ्जनकाे शब्द संयाेजन र संगीत रहेका छन् ।

प्रविधिको विकाससँगै गीत संगीतमा पनि परिवर्तन आएको छ । मीना.थीङले खाडी मुलुकमा पाएको वास्तविक कष्ट, पिडालाई गीतको माध्यमबाट छिट्टै बजारमा ल्याउने तयारी गरीरहेको जानकारी दिनुका साथै तामाङ समुदायको दोङह्रापकोबारेमा तयार पारेको गीत पनि छिट्टै सार्वजनिक हुने बताएको छ ।

गायक शेराप रूम्बाकाे ”नुवाकाेटला जिल्लारी, बत्ती त बाल्ने तेलैमा, कानमा ढुङरी शिरमा फूल, बाेन्बाेमी स्याेइ स्याेइ ला खाजी, निङगाले नाम्सा, स्वाेइनाम क्लाङबा, सुनकाे जन्तर हिराकाे हार” लगाएत दर्जनाै गीतहरूमा उहाँकाे अावाज रहेका छन् भने तामाङ समुदायमा यी गीतहरू चर्चाकाे शिखरमा छन् । गाउँ गाउँमा याे भाकाहरू सबैले गुनगुनाउने भाका पनि हुन् ।

अन्तमाः गायक शेराप रुम्बा एक प्रतिभा भएको गायक हो । विभिन्न व्यक्तिहरुको बारेमा क्यारिकेचर गरेर हसाउन सक्ने उहाँसँग कला छ । धादिङ, नुवाकोट र रसुवामा म्हेन्दोमाया मात्र होइन फापरे सेलो गीत पनि गाउछन् भन्ने प्रमाण गायक शेराप रुम्बाले पुष्टि गरेका छन् ।

उहाँसँगकाे याे संवाद सुनेर कमेन्ट् गर्न भनुल्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »