सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“छुम्सी थन्बा माया” सार्वजनिकसँगै बृहत साँस्कृतिक कार्यक्रमकाे तयारी पुरा

काठमाडौँ । संविधानसभाको सदस्य तथा नेपाली कांग्रेस काभ्रे जिल्लाको यूवा नेता तिर्थ बहादुर तामाङको प्रमुख आतित्थ्यतामा “छुम्सी थन्बा माया” गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमसँगै बृहत साँस्कृतिक कार्यक्रम भक्तपुरमा यही चैत्र १४ गते शनिबार हुने भएको छ ।

तामाङ गीत संगीतको बजारमा सकरात्मक वा नकरात्मक प्रभावको चर्चा भन्दा पनि तामाङ इतिहासमा अब धेरै भन्दा धेरै म्यूजिक भिडियिो निर्माण गर्ने समुदायको रुपमा स्थापित हुँदैछन् ।

कार्यक्रम अजिमा पार्टी प्यालेस सुर्यविनायक भक्तपुरमा गरिने कार्यक्रम निकै चर्चित कलाकारहरुको प्रस्तुति रहने प्रचारप्रसारको जिम्मा पाएको छोर्वाला काई गेताङका संचालक तथा मिसन समृद्घ नेपालका अध्यक्ष सुदिन लामा दोङले जानकारी दिएको छ।

हृवाम्सी एदा थान्के म्हान्मु, ताङबा ङाला चु सेम, छुम्सी थान्सी थान्मु जस्तौ निकै चर्चित गीतका रचनाकार ज्ञानदास तामाङले रचना गरेको हो ।

“थार्सेला छामे म्योबा” जस्ता तामाङ समुदायमा धेरै चर्चा कमाउन सफल म्यूजिक भिडियोमा आवाज दिएका गायक सफल ग्लान सांगीतिक क्षेत्रमा सफलताको शिखर चड्दै गरेको गायक हो ।
युवा गायक मदन घलानको “छुम्सी थान्बा माया” गीतकार ज्ञानदास तामाङको शब्द,संगीत रहेको अत्यन्तै माया प्रेमसंग सम्बन्धित नयाँ म्युजिक भिडियो सार्वजनिक तथा वृहत् सांगीतिक कार्यक्रम (२०७७ भव्य र सभ्य रुपमा सफल बनाउनका लागि कलाकार,समाजसेवी,बुद्धिजीवी तथा पत्रकार लगायतका सम्पुर्णलाई उपस्थितिको लागि बिनम्र अनुरोध गायक मदन ग्लानले गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »