सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कैदी बन्दीलाई उप–महानगरपालिकाको सहयोग

नेपालगन्ज, नेपालगञ्ज उपमहानगरपालिकाले कारागारमा रहेका कैदी बन्दीका लागि खेलकुदका सामाग्री सहयोग गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सोमबार कारागार कार्यालय नेपालगञ्जमा पुगि कैदी बन्दीहरुलाई विभिन्न खेलकुदका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

जिम र ब्याडमिन्टन सेट हस्तान्तरण गरिएको हो । कैदी बन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै खेल सामाग्री हस्तान्तरण गरिएको प्रमुख राणाले बताउनुभयो ।

उपमहानगरपालिकाले कैदीबन्दीको अनुरोधका आधारमा करिब एकलाख मुल्यको खेल सामाग्री सहयोग गरेको हो ।

नगर प्रमुख राणाले महिला कैदी बन्दीसँग भेटेर उनीहरुका लागि आवश्यक खेल सामाग्री समेत सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

सो अवसरमा नेपालगञ्ज कारागारका प्रमुख देवेन्द्र श्रेष्ठ, नेपालगञ्ज उप–महानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »