सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा सात दिन लकडाउन सिफारिस

बुटवल , नेपालगन्ज । लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन्। यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन्। पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ छ।

यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए। तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन्। दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए। बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ।

प्रदेशमा चैत २६ गते ५० जना संक्रमित थपिएका थिए। त्यसको १० दिनपछि वैशाख ६ गते ४ सय ६६ जना संक्रमित थपिए। गत वर्ष वैशाखदेखि यहाँ संक्रमण उच्च दरमा बढेको थियो। चैतसम्म आउँदा संक्रमण कम बिन्दुमा झरी महिनाभर जम्मा ७ सय ३२ जना संक्रमित भएका थिए। कोरोना संक्रमणबाट सोमबार पाँच जनाको ज्यान गएको छ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा। पुष्पराज पौडेलले प्रदेशमा कोरोना संक्रमणदर ५३।२६ प्रतिशत रहेको बताए। परीक्षण गर्न आउनेमध्ये आधाभन्दा धेरैमा कोरोना देखिएको डा। पौडेलले सुनाए। भेरी अस्पतालमा लक्षणसहितका ४८ जना उपचार गराइरहेका छन्। आईसीयूमा ३२ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेजले आईसीयूमा २२ जनाको उपचार गरिरहेको छ।

बाँकेमा सात दिन लकडाउन सिफारिस
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मंगलबार बाँकेमा ९ वैशाखदेखि सात दिन लकडाउन गर्न सिफारिस गरेको छ। नेपालगन्जलगायत उच्च जोखिम रहेका क्षेत्रमा तीव्र रूपमा बढिरहेको कोभिड–१९ संक्रमणको साङ्लो तोड्न, आवतजावत रोक्न अत्यावश्यक भएकाले कम्तीमा सात दिन निधेषाज्ञा वा लकडाउनको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय केन्द्रको बैठकले गरेको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधबार सुरक्षा निकायलगायत सरोकारवालासँग संयुक्त बैठक बसेर लकडाउनको मोडलबारे छलफल गरिने बताए। ‘लकडाउन त हुन्छ। विमानस्थल, लामो दूरीको यातायात, नाकाको व्यवस्थापन कसरी गर्ने भन्नेबारे हामी थप छलफल गर्नेछौं’, केन्द्रका जिल्ला संयोजकसमेत रहेका गेलालले भने, ‘त्यसपछि मात्र बुधबार जिल्ला प्रशासन कार्यालयले लकडाउन वा निषेधाज्ञासम्बन्धी सूचना प्रकाशन गर्नेछ।’

बैठकले भारतमा कोरोनाको संक्रमण दर उच्च रहेकाले सामान्य कामका लागि सीमावर्ती जिल्ला र बजार आउजाउ गर्न रोक लगाउने निर्णय गरेको छ। जिल्लामा रहेका आइसोलेसन भरिएकाले आफै पैंसा तिर्न सक्ने संक्रमितका लागि होटलमा आइसोलेसनको व्यवस्था गर्ने केन्द्रले जनाएको छ।

जाँचेकामध्ये शतप्रतिशतसम्म पोजिटिभ
भेरी अस्पताल नेपालगन्जमा मंगलबार १ सय ९३ जनाको कोरोना परीक्षण गर्दा १ सय ७९ जनाकोे रिपोर्ट पोजिटिभ आयो। अर्थात् एक दिनको कुल परीक्षणमा ९२।७४ प्रतिशतमा कोरोना पुष्टि भयो। यसअघि ५ वैशाखमा भेरीमै ८१ जनाको स्वाब परीक्षण गर्दा ७५ जनालाई कोरोना लागेको देखियो। त्यो कुल परीक्षणको ९२।५९ प्रतिशत हो।

नेपालगन्ज मेडिकल शिक्षण अस्पतालको कोरोना प्रयोगशालाले ३ वैशाखमा परीक्षण गरेका ४५ जनामध्ये सबैमा कोरोना पुष्टि भयो। उक्त दिन शिक्षण अस्पतालसँगै भेरी र बागेश्वरी डायग्नोस्टिक एन्ड पोलिक्लिनिक नेपालगन्जको प्रयोगशालामा गरी २ सय ७६ जनाको स्वाब जाँचियो। जिल्लामा एकै दिन पछिल्लो समयको सबैभन्दा बढी २ सय जनाको रिपोर्ट पोजिटिभ आएको थियो। जुन कुल परीक्षणको ७२।२७ प्रतिशत पोजिटिभ केस हो।

शिक्षण अस्पताल र भेरी अस्पतालका यी रिपोर्टले बाँकेमा कोरोना संक्रमणको बढ्दो अवस्था देखाउँछ। पछिल्लो सात दिनमा स्वाब परीक्षण गरेकामध्ये झन्डै ६२ प्रतिशत व्यक्तिको रिपोर्ट पोजिटिभ आएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले वैशाख १ देखि ७ गतेसम्म २ हजार १ सय १७ जनाको स्वाब परीक्षण गर्दा १ हजार ३ सय १ जनाको रिपोर्ट पोजिटिभ आएको बताए। जुन कुल परीक्षणको ६१।४५ प्रतिशत हुन आउँछ। यो अवधिमा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन्।

स्राेतः http://annapurnapost.com/news/178355

भर्खरै

सम्बन्धित खबर

Language »