सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डा. पारश श्रेष्ठले धनु बमलाई दिए व्हीलचेयर हस्तान्तरण

नेपालगन्ज, नेपालगन्जको भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख रहेका फिजिसियन डा. पारश श्रेष्ठले विकलांग अवस्थाकी महिलालाई व्हीलचेयर प्रदान गरेका छन् । मुगु घर भई हाल नेपालगन्ज बसपार्कमा बस्दै आएकी र गर्भवती अवस्थाकी धनु बमले भोगिरहेको समस्याबारे खबरगन्जले तयार पारेको भिडियो सामग्री हेरेपछि डा. श्रेष्ठले व्हीलचेयर प्रदान गरेका हुन् । डा. श्रेष्ठ आफै बम बसेको ठाउँमा पुगेर व्हीलचेयर हस्तान्तरण गरे ।

साथै उनले धनुको स्वास्थ्योपचारमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, आँखा नदेख्ने श्रीमानले गर्भवती अवस्थाकी महिलालाई बिग्रेको व्हीलचेयरमा धकेलीरहेको देखेपछि मलाई आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो . डा. श्रेष्ठले आफ्नो लाइफलाइन जनरल हस्पीटलमा थप चेकजाँच र उपचारमा सहायता प्रदान गर्ने प्रतिवद्धता जनाए ।

धनुका श्रीमान आँखा देख्दैनन भने धनु हिड्न सक्दिनन । आर्थिक अवस्था नाजुक भएका उनीहरू पेटको बच्चालाई सुरक्षित जन्माउनका लागि नेपालगन्जमा बहिनीको सहायतामा बसिरहेका छन् । खबरगन्जले उनीहरूबारे भिडियो प्रशारण गरेपछि समाजसेवी लिलबहादुर थापा लगायतले खाद्यान्न सहयोग गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »