सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक अशोक मोक्तानको’ धिम ङला गहते रोशी स्योङ ‘ भिडियो सहित सार्बजनिक

काठमाडौं । गायक अशोक मोक्तानको तामाङ सेलो पप गीत ‘धिम ङला गहते रोशी स्योङ’ भिडियो सहित सार्बजनिक भएको छ ।

मंगलबार गायकद्धय मोक्तानको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीत माया प्रेममा आधारित गीत रहेको छ ।

पछिल्ला समय तामाङ गीतसंगीतको बजारमा नयाँ तथा पुराना कलाकारहरुले फरक फरक धारका गीत तथा म्युजिक भिडियोहरु सार्बजनिक गर्ने क्रम ह्वात्तै बडेको देखिन्छ । बजारमा नयाँ नयाँ गीतहरु सार्बजकि हुने क्रम बडेसंगै तामाङ गीतहरुले उत्तिकै भिउअर्स कमाउन पनि सफल भएको देखिन्छ ।

यसै क्रममा युवा गायक अशोक मोक्तानले आफ्नै जन्मभुमि गहते गाउँलाई आधारित मानेर नयाँ गीत सार्बजनिक गरेको हो । गीतको अडियो तयार भए पस्चात भिडियो निर्माण पक्ष ठुलो लगानीमा विभिन्न स्थानमा गएर छायांकन गर्ने एक किसिमको ट्रेन चलिरहेको बेला अशोक मोक्तानले भने आफ्नै गाउँ ठाउँमा गएर भिडियो निर्माण गरेको बताए ।

्गायकद्धय अशोक मोक्तानको अनुसार आफ्नो कलामार्फत स्थानीय निकायमा रहेका मनोरम दृश्यहरुलाई भिडियोमार्फत प्रचार गर्ने उदेश्य रहेको र गीतको शब्दले पनि आफ्नै जन्मस्थान गहतेलाई दृश्यमा कैद गर्नुपर्ने कथा रहेको हुंदा आफ्नै गाउँमा गएर भिडियो छायांकन गरेको बताए । यसरी आफ्नो आवाजमा रहेको गीतको भिडियोमार्फत आफु जन्मेको गाउँठाउँलाई प्रचार गर्न पाएकोमा मोक्तानले खुशी व्यक्त गरे ।

काभ्रेको नमोबुद्ध नगरपािलका वडा नं.९ गहतेमा जन्मेका युवा गायक अशोक मोक्तानले सांगीतीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने कोशिमा रहेको छ । हरेक खालका गीत गाउन सक्षम गायक मोक्तानले पछिल्ला समय भने तामाङ सेलो पप गीतहरुमा बढि रुचि राखेको देखिन्छ । यस अघि उनको आफ्नै आवाजमा रहेको ‘आङिला जामेसे ङला सेम‘, ‘काभ्रेली छोरो’ लगायत केही सेलो पप गीत बजारमा सार्बजनिक गरिसकेका छन् ।

उनले यस अघि सार्बजनिक गरेका यी दुई वटा गीत युवा जमातले युट्युव र टिकटकमा सन्तोषजनक रुपमा रुचाईएको पाईन्छ । ‘धिम ङला गहते रोशी स्योङ’ उनको तेस्रो गीत हो । उनले हालै सार्बजनिक गरिएको यो गीतलाई हेरेर दर्शकहरुले सल्लाह सुझाव दिनका लागि समेत अनुरोध गरेका छन् । आगामी दिनहरुमा दर्शकहरुकै सल्लाह र सुझाव अनुसार नै आफ्ना सांगीतिक यात्रालाई निरन्तरता दिने उनि बताउँछन् ।

मंगलबार जोराटी स्थित द स्हेनोर हाउसमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको उक्त गीतमा शब्द साङ्गे ब्लोन तामाङ, सुशिल तामाङ र गायकद्धय अशोक मोक्तानको रहेको छ भने संगीत र आवाज अशोक मोक्तानकै रहेको छ । गीतको अडियो एरेन्ज तथा मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

गीतको भिडियो तर्फ भने बिक्रम मोक्तानको निर्देशन तथा नरेन मोक्तानको सह निर्देशनमा तामाङ चलचित्रका महानायक अमिर दोङ र सुनिता लामाको अभिनय रहेको छ ।

गीतको भिडियो छायांकन सुनिल भण्डारीले गरेका हुने भने भिडियोको दृश्य तथा रंग सम्पादन बिक्रम मोक्तानले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

भर्खरै

सम्बन्धित खबर

Language »