सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

काठमाण्डौं । युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै नेपाली कवि सरोज ओझाले भानुसिंह साहित्य पुरस्कार जितेका छन् ।

नेपालका ओझासहित अन्य ६ देशका ११ जना विश्व कविहरुले उक्त पुरस्कार आफनो नाममा पारेका हुन् । साहित्यकार रवीन्द्रनाथ टैगोरको अमर विरासतको सम्झनामा बंगलादेशको ढाकामा रहेको द डेली ग्लोबल नेसन र भारतको कोलकातामा रहेको ग्लोबल राइटर्स एकेडेमीले आयोजना गरेको विश्वभरबाट कुल ४८ जना कविहरु प्रतिस्पर्धामा थिए ।

पुरस्कार विजेतामा मेसोडेनियाली कवि गोरडाना एन्डोनोव्स्का, वोत्स्ववनाका केनेथ मस्वाबी, टयुनिसियाबाट मिरियम गेजेल बेन ब्राहिम, फिलिपिन्सका मार्लोन सलेम ग्रुजो बोन्ड्रोफ, अजरवैजानकी एल्माया काबारोवा र भारतीय कविहरु कुमार मलाय, शुची पात्रा, हर्षद पण्डित, डा तस्नीम उस्ताद, देबश्रिता बसु हुनुहुन्छ् ।

कालातीत कलात्मकता र पौराणिक कविको स्थायी प्रभावको वास्तविक उत्सव मनाउने क्रममा ग्लोबल राइटर्स एकेडेमीले भर्चुअल प्लेटफर्म मार्फत लिखित रूपमा कविता आव्हान गरेसँगै ओझा प्रतिस्पर्धामा होमिएका थिए । ओझाको युगलका रुपमा भारतकी कवि डा तस्नीम उस्तादसँगै आँखाबाट हुने प्रेमिल भावलाई कविता मार्फत प्रस्तुत गरेका थिए ।

रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीको स्मरणमा भानुसिंह पुरस्कार प्रदान गर्ने गरिन्छ । भारतीय कविताको परम्परागत विधा मानिने भानुसिंह कविताहरूले राधा र कृष्ण बीचको प्रेमको वर्णन गर्दछ । अवार्ड हासिल गरेपछि नेपालका कवि सरोज ओझाले खुसी व्यक्त गर्दै आयोजक र समकक्षी डा उस्ताद प्रति आभार व्यक्त गरे ।

विश्वले रवीन्द्रनाथ टैगोरको चिरस्थायी विरासतलाई मनाउने क्रममा आयोजित प्रतियोगिता र लेखन कलाप्रतिको सम्मानले कविताको कलालाई प्रेरणा दिदै माथि उठाउनेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »