सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकियाे

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।

बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयो, दुगडले भने ।

दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् । सरकारको नेतृत्व गरिरहेको एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हो ।

वार्ता सकिएपछि दुवै नेता होटलबाट बाहिरिएका छन्। तर, दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्।

भर्खरै

सम्बन्धित खबर

Language »