सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय दुतावास द्वारा धुलिखेल नगरपालिकालाई एम्बुलेन्स सहयोग

काभ्रे धुलिखेल। भारतीय दुतावासले काभ्रे जिल्लाको धुलिखेल नगरपालिकालाई अत्याधुनिक एम्बुलेन्स सहयोग गरेको छ । ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँ पर्ने उक्त एम्बुलेन्स आज प्राप्त भएको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिएका छन् ।
उक्त एम्बुलेन्स नगरपालिकाबाट सञ्चालनमा ल्याउने नगर प्रमुख व्याञ्जुले बताए । ‘भारतीय राजदुतावासको सहयोगमा ९८ लाख १६ हजार ३ सय १७ रुपैयाँ मुल्यको अत्याधुनिक एम्बुलेन्स धुलिखेल नगरपालिकालाई आज प्राप्त भएको छ ।’ व्याञ्जुले भनmे ‘अब नगरपालिकाबाट सबै नगरबासीमा एम्बुलेन्स सेवा प्राप्त हुनेछ ।’
धुलिखेल नगरपालिकाले ‘स्वस्थ्य शहर’ अन्तर्गत विभिन्न कार्यक्रम समेत अघि बढाइरहेका बेला अत्याधुनिक एम्बुलेन्स पाएपछि नगरपालिकाको यो अभियानमा उर्जा थपिएको नगरपालिकाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »