सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोक गायक प्रकाश कटुवाल पक्राउ

पोखरा, तनहुँ बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको आरोपमा रामेछाप निवासी चर्चित लोक गायक प्रकाश कटुवाल पक्राउ परेका छन् । गुरुङको परिवारले गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएसँगै प्रहरीले पक्राउ गरेको हो । गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालका अनुसार जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बान्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो । केही समयको विवादपछि दुई पक्षबीच सहमति भई मिलापत्र भएर गायक पोखरा गएका थिए । साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।

घाइते गुरुङ

घाइते गुरुङको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी छ । प्रहरीका अनुसार गुरुङको अवस्था गम्भीर छ । आक्रमणमा गायक कटुवाल संलग्न भएको आरोप पीडितका परिवारले लगाएका छन् । तर पक्राउ पर्नु अघि गायक कटुवालले परिवार र आफन्तसँग आफू घटनामा संलग्न नभएको दावी गरेका छन् । कटुवालले आफू निर्दोष रहेको बताउदै घटना घटेको अवस्थामा आफू पोखरामा भएको बताएका छन् ।

गायक कटुवालको दजनौ गीत चर्चित छन् । यता पनि पिरलो, उता पनि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालो जस्ता गीतका कारण चर्चामा आएका गायक प्रकाश कटुवाल ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »