सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यी हुन् ओलीलाई मत नदिने २८ एमाले सांसद(नामावली सहित)

काठमाडौँ |प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत पाउनको लागि संसद वैठकमा मत लिँदै गर्दा २८ जना एमालेकै सांसदले ओलीलाई मत दिएनन् । त्यसो त २७ जना सांसद संसद भवनमै अनुपस्थित रहे । 

ओलीले विश्वासको मत माग्दै गर्दा २३२ सांसद उपस्थित रहेकोमा ओलीको पक्षमा ९३ जनाले मात्र मतदान गरे । ओलीको विपक्षमा १२४ मत दिए । बाँकी १५ तटस्थ बसे । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीको पक्षमा मत नहाल्ने एमाले सांसदहरुको सूची सार्वजनिक गरेका छन् । 

थापाले नाम सार्वजनिक गर्दै अन्त्यमा उल्लेख गरेका छन् ‘अब त वास्तविक मुहार स्पष्ट भयो नि !

थापाले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको नामावली यस्तो छः

१. योगेश भट्टराई

२. झलनाथ खनाल

३. पवित्रा निरौला खरेल

४. भवानी खापुङ

५. जयकुमार राई

६ . यज्ञराज सुनुवार

७. गणेश पहाडी

८. विरोध खतिवडा

९. कृष्णलाल महर्जन

१०. माधवकुमार नेपाल

११. जीवनराम श्रेष्ठ

१२. नारायण खतिवडा

१३. घनश्याम भुसाल

१४. गोकर्ण विष्ट

१५. सोमप्रसाद पाण्डे

१६. मेटमणी चौधरी

१७. झपट रावल

१८. भीमवहादुर रावल

१९. दिपकप्रकाश भट्ट

२०. सुरेन्द्र पाण्डे

२१. रामकुमारी झाँक्री

२२. सरला यादव

२३. पुष्पाकुमारी कर्ण

२४ं कल्याणी खड्का

२५.निरादेवी जैरु

२६. कलिला खान

२७. लक्ष्मीकुमारी चौधरी

२८. मुकुन्द न्यौपाने

भर्खरै

सम्बन्धित खबर

Language »