सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व सहरी विकास मन्त्री राईकाे परिवारका १४ जना काेराेना संक्रमित

नेपालगन्ज,काेराेना भाईरस संक्रमितहरूकाे हटस्पटकाे रूपमा स्थापित रहेकाे नेपालगन्जमा एकपछि अर्काे दुखद खबर सुन्दै दिन बित्ने गरेकाे छ । केही समय अगाडि मात्र नेपालगन्जका नेता तथा पुर्व सहरी विकास मन्त्री एवम् संघीय सांसद माेहम्मद ईस्तियाक राईकाे परिवारकाे सदस्यहरूमा काेराेना संक्रमण देखिएकाे छ ।

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा संघीय सांसद राईको परिवारका १४ जना सदस्यहरूमा एकैपटक काेराेना संक्रमण पुष्टि भएको केही समय अगाडि स्वयं स्टाटस लेखी पुर्व सहरी विकास मन्त्री राईले जानकारी गराउनु भएकाे छ ।

काेभिड-१९ काेराेना भाईरसकाे संक्रमितहरूकाे ‘हटस्पट’ बनेको नेपालगन्जमा रहेका उनका बुबा, श्रीमती, छोरी, छोराहरु, भाई, भतिज, भतिजी, बुहारीलगायतलाई संक्रमण भएको पुर्व सहरी विकास मन्त्री राईले जानकारी गराउनु भएकाे छ ।

उनको संयुक्त परिवारमा रहेका १७ जनाको परीक्षण गर्दा तीन जनाको रिपोर्ट मात्र नेगेटिभ आएको देखिएकाे छ भने बाँकी सदस्यहरूकाे पाेजेटिभ देखिएकाे छ । संक्रमण देखिएका सबैजनाको अवस्था सामान्य रहेको र डाक्टरको सल्लाह बमोजिम घरमै आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन्

भर्खरै

सम्बन्धित खबर

Language »