सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञामा कोहि भोक भोकै कोहि मालामाल

काठमाण्डौ ।  बिश्वभर महामारीको  रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को संक्रमण नेपालमा  पनि  उच्च गतीमा बढ्न थालेको भन्दै नेपाल सरकारले स्थानिय प्रशासनलाई यसको रोकथामको जिम्मेवारी दिए पछि केहि जिल्ला बाहेक नेपाल भरीनै निषेधाज्ञा जारी गरेको  छ  । बन्दा  बन्दि को  कारण सर्वसाधारण को दैनिकि दिनानुदिन बिग्रीदै गैइरहेको छ  ।

हस्पिटल हरुमा बेड र  अक्सिजन को  अभाव देखाउदै बिरामि भर्ना  गर्न समेत छोडिएको छ ।

यस्तो अवस्थामा केहि ब्यबसायी हरु  भने राता रात  मालामाल हुने  कार्य  गर्न ब्यस्त देखिन्छन्। बिभिन्न बहानामा  जिल्ला प्रशासन बाट पास बनाएर आफ्नो ब्यक्तिगत फाईदाका काम  हरु गरी रहँदा पनि नियमन गर्ने निकाय किन मौन भन्ने प्रश्न चारतिर  बाट आउन  थालेको छ  ।

संक्रमण बढाउने जोखिम यतिबेला यातायात क्षेत्र  बाट भ ई रहेको लामोसमय काठमाण्डौ को नयाँबसपार्क भित्र कार्यगरेका एक  ब्यबसायीले बताए । पहुँच हुने  हरुले जिल्ला प्रशासनको पास बनाएर वा  सेटिङ् गरेर पनि निर्वाध रुपमा गाडीहरु संचालन  गरी रहेका  छ्न् ।  सार्वजानिक रुप मा चल्न  पाउने भाडाका गाडीहरुले चर्को मुल्य लिएर  यात्रु ओसारपसार गरेको  भन्दै केही दिन अघि भाडा लिने बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको थियो तर निषेधाज्ञाको उल्लंघन गरेर गृहमन्त्रालयलाई पंगु बनाउँदै यातायात व्यवसायीहरुले यात्रु ओसार पसार गरिरहेका छन् । त्यस्तै बाहिरबाट उपत्यका छिर्नका लागि बसहरुले दिउँसो भरी धादिङको झ्याप्ले खोलामा रोकिने र साँझ परेपछि नाका पास हुने खुराफाती तरिका अपनाउने गरेका छन् । यसरी पीसीआर परिक्षण नै नगरी उपत्यकाबाट घर फर्किने र उपत्यका भित्रिने यात्रुहरुको कारण कोरोना संक्रमणको खतरा झनै बढ्ने देखिएको छ ।

 यही मौकामा काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा जाने यातायातहरुले भने निर्बाध रुपमा यात्रुलाई रातारात ओसारी रहेका छन् । विदेशबाट फर्किएका यात्रुसँग धेरै यातायात व्यवासायीहरुले समान्य टिकट भन्दा तीन गुणा चारगुणा बढी भाडा उठाएर यात्रुहरुलाई रातीको समय पठाउने गरिएको छ । सरकारले कोरोना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको छ तर यातायात व्यवसायी भने यही मौकाको उपयोग गर्दै तेब्बर भाडा असुलेर काठमाडौंबाट देशका मुख्य सहरहरुमा यात्रु पठाई रहेका छन् । तर सरकार भने मुख दर्शक बनिरहेको छ

अझ गजब को कुरात  के छ भने रातो प्लेट हुने निजि सवारी साधन र  एम्बुलेन्स ले समेत भाडामा यात्रु ओसारेको भन्ने जानकारी सारा खबरलाई प्राप्त भएको भएपनि पुस्टी भने हुन  सकेको छैन  ।

गिरोह नै बनेको छ बसपार्कमा  सेटिङ गर्ने ,पैसा तिरेर  सेटिङ मा काठमाडौं बाट निर्धक्क भएर जान्छ्न यात्रुहरु, त्यसले शहर मात्र होईन  अब  गाउँ पनि जोखिम  मा  पर्न  थालेको  छ  ।

संबन्धित निकायले बेलैमा ध्यान नपुर्याउने हो भने स्थिति अझ भयाबह बन्न सक्ने जानकार हरुले बताईरहेको  बेला अब  गृह मन्त्रालय , स्थानिय सरकार ,र स्थानिय प्रशासन ले कस्तो  निति बनाउला ? कि अझै मुक दर्शक  नै  बन्ने पो हो  कि  ?

भर्खरै

सम्बन्धित खबर

Language »