सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवाकाे धुन्चेमा फागुन १० गते ल्हाेछार विशेष बृहत साँस्कृतिक कार्यक्रम हुने

काठमाडाैँ । ल्हाेछारकाे अवसरमा कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाकाे संयुक्त आयाेजनामा “हाम्रो कला संस्कृति, भाषा धर्मको प्रवर्द्धन र जर्गेना गरौं, रसुवाली कलाकार एक होऔं ” भन्ने मुल नाराका साथमा यही फागुन १० गते रसुवाकाे धुन्चे बजारमा ल्हाेछार विशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

फागुन ३ गते शनिवारका लागि तयारी गरेकाे थियाे तर प्राविधिक कारणले कार्यक्रम सार्नु पर्ने बाध्यता भएकाे हुनाले १० गतेका लागि सारेकाे कार्यक्रम संयाेजक धावा फिन्जाे तामाङले सारा खबरलाई जानकारी दिनुभयाे ।

”हामीले सम्पुर्ण तयारी पुरा गरिसकेका छाै । १० गते सम्पुर्ण रसुवा वासीलाई धुन्चेमा ल्हाेछार विशेष मनाउनका लागि निमन्त्रणा दिन चाहन्छु ।” कलाकार समाज रसुवाका अध्यक्ष शिशिर थाेकरले बताउनु भयाे

रसुवाका तामाङ समुदायले ल्हाेछारलाई घर-घरमा मनाउँदै आइरहेका छन् । विशेष गरेर तामाङहरूकाे संस्कृति र रसुवाकाे लाङटाङ हिमाल र गाेसाइकुण्डलाई पर्यटन वर्षमा थप प्रचार प्रसार गरी विश्वभरी चिनाउनका लागि पनि याे कार्यक्रमले महत्वपुर्ण भुमिका निर्भाह गर्ने कार्यक्रम संयाेजक दावा फिन्जाे तामाङले सारा खबरलाई जानकारी दिनुभयाे ।

प्रतिनिधि सभाका सदस्य माेहन आचार्यकाे प्रमुख आतित्थ्यतामा हुने उक्त साेनाम ल्हाेछार विशेष कार्यक्रममा बाग्मती प्रदेश सभाका सदस्यहरू प्रभात लामा र प्रेम तामाङ विशेष अतिथिका रूपमा रहने संयाेजक तामाङले बताएका छन् ।

नेपालकाे ख्याति प्राप्त कलाकारहरु, कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाका कलाकारहरूकाे विशेष प्रस्तुति रहने पनि उहाँले जानकारी दिनुभएकाे छ ।

उहाँले फागुन १० गते सम्पुर्ण रसुवावासीलाई उपस्थितिका लागि हार्दिक अनुराेध गर्नुभएकाे छ ।

https://www.facebook.com/SaraKhabarNepal/videos/478369359503786/?__xts__%5B0%5D=68.ARCmsoKP7w2EEt3xtKkRDa8BRoCskYKGKlSZYTTYoRUCBbAJSDpL-i56B3v9td7GbuBWGHmCq0Cqbuknq3Lm3NZtRan96en05QK7getjvtd65JFouxf-lMySMePsLZIFLMmr1Ls1Fd1Y65CtN1gGULi_W6toAieEQWiYg__Y-HVLgEENuQl7uB2iXfgUG3gYBiWlgD5kKE4XRSi36e-P-Jk1FiWLQI1s4ysaRE-U26FamlpRSqpt6w6jtn4dFRmH18fEpUL5CgaALMiS1dafd9AZc-LFu_L6FDJjG52FlkzmItcglh6cXEa6VGkxZUwU0KoSe_9dVEMfLhA&__tn__=-R

भर्खरै

सम्बन्धित खबर

Language »