सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महानगरीय प्रहरी प्रभाग बालकोट लाई स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर । बालकोट युवा समाज , समाजसेवि रवी राणा  र बालकोट बर्गर हाऊस को संचालक बिकाश श्रेष्ठ वाट स्यानिटाईजर , माक्स ,ग्लोब्स, र  पि पि ई सेट एक  कार्यक्रम बिच महानगरीय  प्रहरी प्रभाग बालकोटलाई हस्तान्तरण गरीएको छ ।

 यो महामारी को समयमा रक्त अभावलाई केहि राहत पुर्याउने उदेश्यका साथ  स्थानीय ब्याडमिन्टन क्लब ले आयोजना गरेकोरक्तदान कार्यक्रम मा समेत सो समुहले सहयोग  गरेको  थियो ।

बिपदको हर समयमा आम नागरीकको घरदैलोमै  पुगेर सहयोग गर्ने समाजसेवीहरुको यो समुहले  यतिबेला फ्रन्टलाईनमा बसेर  कार्य गरीरहेका  प्रहरी हरुलाईसहयोग गर्न  पाउदाँ खुसिलागेको बताएका  थिए।

समाजसेवि रबी राणा र  बालकोट युवा समुहले आगामी दिनमा अन्य सामाजिक कार्यमा  लागेका  सामाजिक  अभियन्ता  हरु लाइ पनि सहयोग  गर्ने प्रतिबद्धता जाहेर  गरेका  छन्।

बिभिन्न मिडिया संग  कुराकानि गर्दै समाज सेवि राणाले जहिले पनि  आफु  नागरिकको सुख दुखमा जोडिएर काम  गर्न  रुचाउने बताउदै कसैलाई अतिनै समस्या  भएमा आफुलाई सम्झन समेत  आग्रह  समेत्  गरेका छन् ।

सधै भरी सहयोगी हातहरु अगाडी बढिरहुन भन्दै सहयोग गरेकोमा महानगरीय प्रहरी प्रभाग बालकोट ,स्थानिय बासिन्दा हरुले धन्यवाद दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »