सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज: घरमा संक्रमित दुधे बालक छाडेर अस्पतालका विरामीको सेवामा खटछन डा- श्रेष्ठ

नेपालगन्ज,घरमा कोरोना भाइरस संक्रमित कलिला छोराछोरी छाडेर स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित परिवारको उपचारमा खटिएका छन्। संक्रमित कलिला छोराछोरीलाई घरमा छाडेर अस्पतालका विरामीको उपचारमा खटिदा कस्तो होला ? सम्झदा पनि आँखा रसाउँछ ।

तर भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. पारश श्रेष्ठलाई भने घरको भन्दा अस्पताल र आइसोलेसनमा रहेका विरामीको उपचारमा खटिएका छन् । घरमै संक्रमितलाई समय दिन नसकेका डा. श्रेष्ठ भने अस्पतालका मात्र होइन पालिका स्तरले तयार पारेका आइसोलेसन सेन्टरमा पुगेर पनि उपचार सेवा दिदै आउनुभएको छ । सेवाभाव र पेशागत दायित्वका कारण आफु अस्पतालका संक्रमितको उपचारमा खटिएको श्रेष्ठको भनाइ छ।

उहाँले नेपालगन्जका होमआइसोलेसनमा बसेका देखि बाँकेको डुडुवा गाउँपालिकाले तयार पारेको आइसोलेसनमा रहेका विरामीको समेत उपचारका लागि पुग्ने गर्नुभएको छ । उहाँका बुवाआमा, श्रीमती, भाई र कलिला छोराछोरी संक्रमित हुनुभयो । उहाँहरु संक्रमणबाट मुक्त भएको १० दिन भइसकेको छ । संक्रमण हुँदा पनि डा. श्रेष्ठले घरपरिवारलाई समय दिनु भएन । घरमा जाँदा डरत्रास त लाग्छ नै उहाँको भनाइ छ।

No description available.

तर के गर्नु यहाँ अन्य विरामीको अवस्था पनि त विजोग छ उहाँको भनाइ छ । उहाँलाई आसु देखाउन र भक्कानो छोडेर रुनमात्र बाँकी छ । न उहाँ अस्पतालका विरामी छाडेर घरमा रहेका संक्रमित परिवारको सेवामा खटिन सक्नु भएको छ न त परिवारसँगै बस्न । घर परिवारका सदस्यलाई जतिको माया गर्नु हुन्छ त्यती माया उहाँ अस्पतालका विरामीलाई पनि गर्दै आउनुभएको छ ।

कोभिडको उपचारमा अस्पतालमा खटिएकै बेला उहाँबाट घरमा भाइरस पुग्यो । तर उहाँ विचलित हुनुभएको छैन् । भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा. श्रेष्ठ अहिले आफ्नो ज्यानको प्रवाह नगरी विरामीको उपचारमा अहोरात्र खटिनुभएको छ । न उहाँलाई भोकको चिन्ता छ न त प्यासको । कोरोनासँग जुधिरहेका व्यक्तिहरुका लागि साक्षता भगवान भनेकै अहिले स्वास्थ्यकर्मी र चिकित्सक हुन्।

त्यसैले पनि डा. श्रेष्ठ आफ्नो सेवा र धर्मप्रति प्रतिबद्ध रहनुभएको छ । उहाँ विहानदेखि रातीसम्मै विरामीको सेवामा अनवरतरुपमा खटिदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ यो संकटका बेलामा विरामीको सेवा हाम्ले नगरे अरु कस्ले गर्छ ? होमआइसोलेसनमा बसेका संक्रमितको अवस्थासँगै उनीहरुलाई आवश्यक उपचार, परामर्श दिने गरिएको डा. श्रेष्ठको भनाइ छ । प्राय चिकित्सकहरु होमआइसोलेसनमा बसेका संक्रमित कहाँ पुगेका छैनन् ।

No description available.

तर डा. श्रेष्ठ प्रत्येक दिन होमआइसोलेसनमा बसेका संक्रमितलाई भेट्न पुग्नुहुन्छ । त्यहाँ पुगेर विरामीको स्वास्थ्य अवस्था बुझ्नु हुन्छ । अक्सिजन लेभल कम भएकालाई तत्काल भेरीमा पठाउँनुहुन्छ । परिवारलाई उच्च मनोवलका लागि टिप्स दिनुहुन्छ। विरामीप्रति उहाँको चासो र चिन्ता साच्चिकै अरु चिकित्सकहरुको लागि पनि प्रेरणादायी छ । डा. श्रेष्ठको परिवारमा तीन जना सदस्य चिकित्सक छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »