प्रहलाद विश्वकर्मा
नेपालगंज,कोहलपुर नगरपालिकाद्धारा संचालित आइसोलेशन केन्द्रका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य तथा सरसफाई सामग्री बुधवार हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव र जिल्ला कार्यसमिति सदस्य एवं कोहलपुर उपशाखाका सभापति नारायण प्रसाद गौडेलले संयुक्तरुपमा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गर्नु भएको थियो ।


नेरेसो र युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्धारा करिब ९८ हजार बराबरको एक्वावाटर प्लान्ट मेसिन, डाटबीन, स्वाचलित सेनिटाइजर मेसिन, पानी टंकी, साबुन लगायत १५ किसिमको सरसफाई सामग्री रहेको छ ।

कार्यक्रममा नेरेसो बाँके शाखाका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगी, लेखा अधिकृत झवीलाल शर्मा र उपशाखाका पदाधिकारी, कर्मचारी तथा अइसोेलेशनका फोकल पर्सन लगायत नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।








