प्रहलाद विश्वकर्मा
नेपालगंज , नरैनापुर गाउँपालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित आइसोलेशनका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले स्वास्थ्य तथा सरसफाई सामग्री विहीवार हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी र गंगापुर उपशाखाका कोषाध्यक्ष विक्रम वर्मा र सचिव सोहनलाल यादवले संयुक्तरुपमा नरैनापुर गाउँपालिकाका का.वा. अध्यक्ष मकसुद अहमद शाहलाई एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
नेरेसो र युनिसेफ नेपालको साझेदारीमा संचालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा करिब २ लाख ५० हजार र आपत्कालीन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रमबाट करिब ५० लाख हजार बराबरको सोलार लाइट, स्प्रेटंकी, एक्वावाटर प्लान्ट मेसिन, डाटबीन, स्वाचलित सेनिटाइजर मेसिन, पानी टंकी, साबुन, मेडिकल मास्क, लगायत १७ किसिमको सरसफाई सामग्री रहेको छ ।

कार्यक्रममा नेरेसो बाँके शाखाका बरिष्ठ शाखा अधिकृत दोलखबहादुर डाँगी, लेखा अधिकृत झवीलाल शर्मा र नेरेसो गंगापुर उपशाखा सदस्य विश्राम रैदास तथा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी, अइसोेलेशनका फोकल पर्सन लगायत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।








