सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा दुःख, कष्ट निवारण गर्न दैनिक सुन्दरकाण्ड पाठ जारी

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा, राप्तीरोड स्थित श्री शिवपार्वती मन्दिरमा सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक हुने गर्दछ ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीका छोरी नाती समाजसेवी माधवराम वर्माका अनुसार कोभिड–१९ को महामारीमा आम मानिसहरुमा धेरै कष्ट परेको छ, त्यस दुःख कष्टलाई निवारण गर्नका लागी र भगवानले छिटै शान्ति दिऊन भनेर श्री शिवपार्वती मन्दिरमा दोस्रो लकडाउन शुरु भएको बैशाख महिनाको ९ गतेदेखि नै सुन्दरकाण्ड पाठ बिहान र साँझा गरी दैनिक २ पटक आयेजाना हुने गर्दछ ।

सन्दरकाण्ड पाठको वाचन कार्यक्रममा आउने श्रद्धालु भक्तजनहरुले सेनीटाइजर र मास्कको प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गरी बस्ने गर्दछन् ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्व. बाबुराम कुर्मीद्वारा निर्मित श्री शिवपार्वती मन्दिरमा सुन्दरकाण्ड पाठ नेपालगन्जको बागेश्वरी एफ.एम.का धार्मिक कार्यक्रम (भक्तिरस) बिहान ५ बजेदेखि ६ बजेसम्म चल्ने गर्दथ्यो । त्यस भक्तिरस कार्यक्रमका प्रस्तोता नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी ७४ वर्षीय पण्डित शिवप्रसाद पाठकले बैशाख महिनाको ९ गतेदेखि दैनिक २ पटक सुन्दर काण्ड पाठको वाचन गरी रहनु भएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी पुजारीको रुपमा करीब २४ वर्षदेखि हरिबहादुर क्षेत्रीले श्री शिवपार्वती मन्दिरको दैनिकी पूजा आजा गर्दै आई रहनु भएको छ ।
यसरी सुन्दरकाण्ड पाठको व्यवस्थापन स्व.बाबुराम कुर्मीका अर्का छोरी नाती समाजसेवी तथा निवृति शिक्षक युवराज वर्मा (मन्शाराम) ले गरी रहनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »