सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री मध्यमिक बिद्यालयका प्रधाध्यापक अदित्य कुमार बर्मा कृषि पेशामा आकर्सित


नेपालगन्ज , कोरोना नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनको मुख्यमा र किसानहरु परेका छन् । लाखाैँ लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्री हुन नसक्दा खेतबारीमै तरकारी कुहीन थालेको छ । बैंकबाट ऋण लिएर शुरु गरेको तरकारी खेती उत्पादीत तरकारी बिक्री गर्न नसक्दा व्याज तिर्न समेत धौ धौ भएको छ ।


जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास गर्दै श्री मध्यमिक बिद्यालयका प्रधानध्यापक भएर शिक्षा पेशामा रमाई रहेका थिए । तर गाँउ तथा घरको मौलिक कृषि पेशा रहेकोले उनी केही गर्ने सोचले कृषि पेशामा करिब ४० लाख लगानी गरेर कृषि पेशा शुरु गरेका थिए । धेरै प्रबिधिक थहाँ नभएकोले उनी शुरुमा १५ लाख लगानी लगाएका थिए उत्पादन राम्रो भएपछि यो बर्ष लगानी ४० लाख पुर्याए उत्पादन राम्रो भएपनि उत्पादन शुरु हुने बेलामै कोरोना महामारीका कारणले लकडाउन भएपछि उत्पादित तरकारी खेतमै कुहिन थालेको किसान अदित्य कुमार बर्माले बताउनु भयो ।

No description available.



उनी लिजमा र केही जमिन आफ्नो गरी ६ विगहा जमिनमा तरकारी खेती गरेका छन् । तर उत्पादन भएको तरकारी बिक्री भए यो बर्ष नै लगानी निकाल्न सक्ने सोच बनाएका थिए । तर उत्पादन भएको तरकारी खेतमै कुहिन थालेको छ ।

No description available.

उनको बाडी पाँच लाख, टिते करेला १० लाख, टमाटर, ३ लाख र अन्य गरी हिसाब गर्नै नसकन्े गरी घाटा लागेको बताउनु भयो । उता नेपालगन्ज रानी तलाऊ तरकारी बजारमा बिक्री गर्न लगेपछि व्यपारीहरुले प्रतिकेजि ८ प्रतिशतका दरले नाफा खाना खोज्ने किसान बर्माले बताउनु भयो ।

No description available.


नेपालमा तरकारी उत्पादन नभएको होइन तर छिमेकी मुलु भारतबाट सस्तोमा तरकारी अन्धाधुन्ध तरिकाले आयत हुना थालेपछि नेपालका किसान त्यसका प्रतिशपर्धा गर्न सक्दैनन् । एक तिर सरकारले कृषि क्रान्ति ल्याने र अर्को तिर किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिएपछि कसरी ल्याउन सकिन्छ । बाँके जिल्लमै हेर्ने हो भने अदित्य कुमार बर्मा त एक पत्र मात्र हुन उनी जस्ता सयैँ किसान घाटा व्योहोरी रहेका छन ।

No description available.

भर्खरै

सम्बन्धित खबर

Language »