सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मण्डनदेउपुर न.पा.ले ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ को जनमुखी बजेट प्रस्तुत

काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालकिाले आर्थिक वर्ष २०७८।७९ लाई लक्षित गरी जनमुखी बजेट नवौं नगरसभाबाट सार्वजनिक गरेको छ । नगरसभामा नगरप्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । उक्त बजेट मध्ये चालुतर्फ ५४ करोड २० लाख ९७ हजार १ सय ४२ र पुँजिगत तर्फ ४४ करोड ८४ लाख ९५ हजार रहेको छ । कोरोना महामारीका बिच भौतिक दुरीलगायतका स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गरिएको नगरसभामा सबै वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । नीति तथा कार्यक्रमले शिक्षा स्वस्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।

नगरपालिकाले प्रत्येक वडामा पूर्वाधार विकासका लागि ४० लाखका दरले बजेट विनियोजन गरको छ । यसैगरी नयाँगाउँ नगरकोट सडक कालोपत्रे गर्न ८ करोड ३० लाख बजेट छुट्याएको छ । रोहिणी नयाँगाउँ सडक कालोपत्रे गर्न ३ करोड रकम विनियोजन गरेको छ । जिरोकिलो मेलम्ची सडक अन्तर्गत फेदी देखि सिपाघाट बजार सम्म स्पिडब्रेकर र सडक बत्तीका लागि समेत नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »