सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज १ को वडा भेलामा योजनाबारे छलफल

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ मा सोमबार वडा भेला सम्पन्न भएको छ । वडास्तरको योजना छनौंट र संकलन गर्ने उद्देश्यका साथ वडा भेला गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।

उप–महानगरपालिकाले वडामा बजेट सिलिङ उपलब्ध गराएपछि नेपालगञ्जमा वडाहरुमा वडा भेला भईरहेको छ । वडा अध्यक्ष रिजालले भेलामा प्राप्त सुझावका आधारमा आगामी आर्थिकवर्ष २०७८÷७८ को योजना छनौंट गर्ने बताउनुभयो । वडा भेलामा सहभागी मध्ये अधिकाँशले सडक तथा नाली निर्माण हुनुपर्ने लगायतका पूर्वाधारमा योजना समावेश गर्न माग गरेका थिए ।

भेलामा टोल बिकास समिति,धम्बोझी क्लब र अन्य सहभागीले विभिन्न माग प्रस्तुत गरेको वडा सदस्य डम्बर थापाले बताउनुभयो । भेलामा नेकपा एमालेका नेता दत्तप्रसाद आचार्य,नेपाली कांग्रेसका बिनोद रिजाल लगायतले विभिन्न सुझाव दिनुभयो । यसैबीच सोमबार नै वडा नम्बर ५ मा पनि वडा भेला सम्पन्न भएको छ ।

भेलामा स्थानीय बासी समेत रहनुभएका प्रदेश सांसद मोहम्मद याकुब अन्सारीले वडाको विकासमा आफु सधै सहयोगी हुने बताउनुभयो । भेलामा वडा अध्यक्ष कैफुल वरा जोलाह लगायतका जनप्रतिनिधी र कर्मचारीहरुले सहजिकरण गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार यतिबेला विभिन्न वडामा वडा स्तरीय भेलाहरु भईरहेका छन् । नेपालगञ्जमा चालु नगरसभा १७ गते बस्दैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »