सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्थानीय विकासकाे एक नमुना , एक पटक हेर्न जाने हैन त ?

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ मा बुद्ध पञ्च रत्न स्थापना भएको छ । करिब तीन वर्षको अन्तरालमा सम्पन्न यो बुद्ध पञ्च रत्नले वडा नं. ८ को धार्मिक, साँस्कृर्तिक तथा प्राकृतिक पक्षमा थप प्रचार प्रसार हुने निश्चित भएका छन् ।

संघीय सांसद गंगा बहादुर दोङ (बमध्वज)को तर्फबाट २९ लाख, नमोबुद्ध नगरपालिकाबाट २६ लाख, बागमती प्रदेश सदस्य चन्द्र लामाबाट २० लाख र स्थानीय बासिन्दहरुको तर्फबाट ७ लाख संकलन गरी यो धार्मिक स्थलको निर्माण कार्य सम्पन्न गर्न सफल भएको उपभोक्त समितिका अध्यक्ष यज्ञ बहादुर लामाले बताउनु भयो ।

नमोबुद्ध नगरपालिका वडा नं. ८ आर्लागाङबाट महाभारतको सुन्दर प्रकृतिको अवलोकन गर्न पाइने छन् भने पवित्र नमोबुद्घको पनि दर्शन गरेर फर्कन सकिने छ ।

वडाध्यक्ष शेरबहादुर तामाङको भनाई अनुसार पंच बुद्घ रत्न स्थापना भएपछि घुम्न आउने आन्तरिक पर्यटकहरुको वृद्घि हुनेमा विश्वस्त छन् ।

नगरपालिकाका मेयर टंक प्रसाद शर्माले भने साँच्चिकै रुपमा नमोबुद्घले साँस्कृतिक र धार्मिक क्षेत्रमा पु¥याएको सामान्य नमुनाकोरुपमा परिचय भनाउन सफल भएको बताउनु भयो ।

स्थानीय तहबाट नै परिवर्तनको नयाँ आयामको शुरुवात गर्न सकिन्छ भन्ने बलियो प्रमाणका रुपमा निर्माण सम्पन्न यो धार्मिक स्थललाई पेश गर्न सकिनेछन् ।

भिडियो लिङ्क

भर्खरै

सम्बन्धित खबर

Language »