सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको समिक्षा तथा बार्षीक योजना तर्जुमा कार्यक्रम सम्पन्न


नेपालगन्ज , नेपालगन्ज आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको समिक्षा तथा बार्षीक योजना तर्जुमा कार्यक्रम सम्पन्न भयो । समिक्षा कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले अस्पतालमा उत्पादिन फोहोर मैला कहाँ व्यवस्थापन गर्ने समस्या छ तर आयुर्वेदी उपचारमा जडिबुटीको प्रयोग हुने हुदा यसको प्रयोगबाट फोहोर बस्तु उत्पादन नहुने हुदा यसको प्रयोग उपयुक्त रहेको बताउनु भयो । उहाँले सरकारले आयुर्वेदलाइ महत्व दिएको हुदा सबै मिलेर आयुर्वेदको विकास र विस्तारमा सहयोग गर्न आग्रह गर्नु भयो ।


प्रमुख अथिति विष्ठले असार मसान्तमा सबै कर्मचारी बजेट फच्युटमा व्यस्त हुने राम्रो किसिमले समयदिएर छलफल गर्न हतार हतार हुने हदा बार्षीक समिक्षा आर्थिक बर्षको पहिलो महिना साउनमा राख्नुपर्ने बताउनु भयो । सरकारले ल्याएका कार्यक्रम प्रभाबकारी हुनु र नहुनुमा कर्मचारीले कतिको इमान्दारीताका साथ काम गर्छन भन्नेमा भरपर्ने आयुर्वेद स्वास्थ्य केन्द्र बिकास समितिका अध्यक्ष जनकराम भण्डारीले जानकारी गराउनु भयो ।

No description available.


आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेद्धारा आयोजित बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बौल्दै अध्यक्ष भण्डारीले सरकारी कर्मचारी अनुशासन विर्सन नहुने बताउदै अनुशासनमा बसी सेवालाइ प्रभाबकारी बनाउनु पर्ने बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरुले गलत गर्न नहुने भन्दै प्रशासनिक कागत विग्रे च्यातेर अर्को लेख्न मिल्ने तर डाक्टरले दिएको ओैषधिले कुनै मान्छे मर्यो भने क्षम्य नहुने भन्दै स्वास्थ्य क्षेत्रमा कामा गर्ने स्वास्थ्यकर्मीलाइ सतर्क रहेर काम गर्न आग्रह गर्नु भयो ।

No description available.

अस्पताल विकास समितिका सदस्य अछरी पोखरेल कुनै पनि संस्थालाइ बलियो बनाउनको निम्ति समिक्षा आवश्यक पर्ने बताउदै बर्षभरीमा के राम्रा काम गरीया र के काम गर्न सकिएन ?आगामी योजना र कार्यक्रम के के रहने ? कुन कार्यक्रम प्रभाबकारी भयो र कुन कार्यक्रम प्रभावकारी भएन भनी समिक्षा गरी राम्रा कामलाइ निरन्तरता दिनु पर्ने बताउनु भयो । यसैगरी जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीबास्तबले महेन्द्र बहुमुखी क्याम्पसलाइ विश्व विद्यालय बनाउने र आयुर्वेद स्वास्थ्य केन्द्रमा अस्पताल बनाउने कुरा मैलै एकै दिनको निर्णयबाट पारित गरेर पठाएको हु कार्यन्वयन भयो अस्पताल तपाइहरुले बनाउनुस भन्नु ।

No description available.


समिक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिल कुमार चौधरीले बर्ष भरी भए गरेका काम र आगामी बर्षको कार्ययोजना समित प्रगति प्रवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले एकजना कर्मचारीको मृत्यु भएका कारण एउटा दरवन्दी खाली रहेको र स्वास्थ्य स्वयंसेवी परिचालन गरी गरीएको कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । समिक्षा बैठक मा राप्तीसोनारी,खजुरा,नरैनापुर,आयुवेद स्वास्थ्य केन्द्र नेपालगन्ज गरी ४ वटा गाउँपालीकाका आयुर्वेद स्वास्थ्यकर्मी द्धारा आ–आफ्रनो प्रगति प्रतिवेद पेश गरेका थिए । जोड दिइएको छ । अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले कर्मचारीले अनुसासन विर्सनु हुदैन शंसेरगन्ज बाँके शिवशक्ति मावि पिडारीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरी ३सय ४९जनाको निःशुल्क स्वास्थ्य जाँच गरीयो । जसमा महिला १सय५७जना र पुरुष १सय९२जना रहेका थिए ।


निःशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा स्वास्थ्य शिविर प्रदेश सरकार लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद स्वास्थ्य निर्देशनालय बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ३सय ५जनाको निःशुल्क स्वास्थ्य जाँच गरीएको हो । निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष जनकराम भण्डारीले आयुर्वेद अ‍ौषधिको महत्वको बारेमा जानकारी गराउदै आयुर्वेदी औषधि नियमित सेवन गर्न आग्रह गर्नु भयो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका सदस्य अछरी पोखरलले शिविरमा जाँचगरी प्राप्त गरेको ओैषधि डाक्टरको सल्लाह अनुसार नियमित सेवन गर्न आग्रह गर्नु भयो । उहाँ कोरोना भाइरसबाट मुक्त हुन पनि आयुर्वेद औषधिले राम्रो काम गरेका कारण यसका महत्व बढेको बताउदैे नियमित प्रयोग गर्न आग्रह गर्नु भयो ।


बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिल कुमार चौधरीले बाँके जिल्लामा रहेका विभिन्न नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयद्धारा निःशुल्क स्वास्थ्य सेवा दिदै आएको जानकारी गराउदै आज शिविरमा आउन छुटेका विरामीहरु ढकेरी वडा कार्यालयमा रहेको नागरिक आरोग्य सेवा केन्द्रमा पुगेर स्वास्थ्य जाँच गराउन सक्ने जानकारी गराउनु भयो । बरिष्ठ बैध्य सिताराम चौधरी आफुलाइ भएका समस्या विशेषज्ञ डाक्टरसंग बताएर औषधि उपचार गर्न आग्रह गदै आफुमा भएको रोग लुकाएर राख्न नहुने बताए ।

शिविरको उद्घाटन समारोहमा शिबशक्ति माध्यमिक विद्यालय शंशेरगन्जका प्रधानाध्यपक पुष्कर खड्का,शिबशक्ति माध्यमिक विद्यालय शंशेरगन्ज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र खड्का, समाजसेवी जे.के.सिंङ,जनशक्ति मा.बि.बालापुरका विद्यालय व्यवस्थापनका अध्यक्ष मोहन गौतम लगायतले कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला आयुर्वेदी औषधिको महत्व बढेको भन्दै इमुनिटि पाओर बढाउन आयुर्वेदी औषधिको सेवन गर्न जरुरी रहेको बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »